साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो देश मेरो भनूँ

Nepal Telecom ad

भत्कायो घर बस्दछौँ सडकमा आकाश छानो भयो
हाम्रा लागि विशाल देश किन हो अत्यन्त सानो भयो ।
आफैं पीडित पङ्गुु राज्य बबुरो के आशवादी बनूँ
नेता पाल लुटेर लान्छ कसरी यो देश मेरो भनूँ ?

पर्दा सङ्कट मात्र राहत जुटी थन्केछ गोदाममा
गिद्धे दृष्टि लगाउँछन् कति यहाँ उद्धारका नाममा ।
कैलेसम्म बसिन्छ यो सडकमा भाँचेर औँला गनूँ
नेता पाल लुटेर लान्छ कसरी यो देश मेरो भनूँ ?

केही ढुक्क म देख्छु मानिसहरू जो बस्दछन् पालमा
जो बस्छन् घरभित्र पीडित बढी देख्दैछु नेपालमा ।
बन्दैछन् घर झन् धराप सबका छौँ शान्त के आत्तिनु
नेता पाल लुटेर लान्छ कसरी यो देश मेरो भनूँ ?

साँच्चै भन्दछु भोक, प्यास, डरले आक्रान्त छन् पीडित
गर्छन् सुन्दछु पक्षपात कतिले यो हैन न्यायोचित ।
छन् आफन्त कता न क्यै खबर भो सम्झेर मात्रै रुनु
नेता पाल लुटेर लान्छ कसरी यो देश मेरो भनूँ ?

हाम्रो आग्रह यो छ राहत मिलोस् जो छन् बडो मारमा
मौकाको उपयोग होस् सब मिली कोही नहोस् भारमा ।
साँच्चै पीडित छन् उपेक्षित उता दोकान थापे अनु
नेता पाल लुटेर लान्छ कसरी यो देश मेरो भनूँ ?
त्रिपालभित्रको नेपालबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x