सुलसुलेखुल्ला कविता प्रतियोगिता सम्पन्न
नेपाली साहित्य समाज उर्लाबारीको आयोजनामा पूर्वाञ्चल स्तरीय खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा ५७ जना श्रष्टा सहभागी भएका थिए । सहभागीमध्ये २५ जनाको नाम रचना वाचनको लागि छनौट गरिएको थियो ।
मोरङको उर्लाबारीमा वृहत कार्यक्रमको आयोजना गरेर अन्तिम नतिजा प्रस्तुत गरिएको छ । प्रतियोगितामा क्रमश शिवसतासी झापाका कवि कैलाश शिखरको ‘आमा, आश्रम र आत्मा’ कविताले प्रथम स्थान प्राप्त गरेको थियो । फिदिम, पाँचथरका कवि सन्देश सुब्बाको ‘साथीलाई चिठी‘ कविताले द्वितीय स्थान र दमक, झापाका कवि विष्णु न्यौपानेको ‘देश दुखेको छ’ शीर्षकको कविताले तृतीय स्थान प्राप्त गरेका थिए । उदयपुरका कवि जीवन चाम्लिङको ‘नानीहरूको पाठशाला’ कविताले शान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।
पुरस्कृत कविताका स्रष्टाहरूलाई क्रमश ११ हजार, ९ हजार, ७ हजार र ६ हजार नगद प्रदान गरिएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































