साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यिक साप्ताहिक पत्रिकाको तेस्रो वार्षिकोत्सव

Nepal Telecom ad

कपन वानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाको तेस्रो वार्षिकोत्सवका अवसरमा कवि तथा गजलकार उज्ज्वल जी.सी., कार्तिकेय घिमिरे, सुशिला देउजा, शारदा पराजुली र डिल्लीप्रसाद मुलतिहुन लाई डा. रामप्रसाद ज्ञवालीले कपनवानेश्वर उत्कृष्ट रचना सम्मान– २०७१ प्रदान गर्नुभयो ।

साहित्य सदन नेपाल बौद्ध रामहिटीमा आयोजित कार्यक्रमका सभापतित्व शंकर भारतीले गर्नु भएको थियो भने विशिष्ट अतिथि डा. ज्ञवालीले अन्य स्रष्टाहरु क्रमशः श्यामा खरेल र सीता भट्ठराईलाई पनि सम्मान प्रदान गर्नु भएको थियो । उत्कृष्ट साहित्यिक समाचार संकलनको सम्मान कबा उत्कृष्ट समाचार सम्मान पाउने पहिलो व्यक्ति अरुणबहादुर खत्री “नदी” लाई प्रेस युनियन महासचिव अजयबाबु सिवाकोटीले प्रदान गर्नु भयो ।

कपन बानेश्वर साहित्यिक पत्रिका पहिलो साप्ताहिक रुपमा निस्कने पत्रिका हो । वरिष्ठ साहित्यकार विजय चालिसेले सम्मानित स्रष्टाहरुलाई बधाई ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा गंगा पौडेलले कबा समाचार सम्मान पाउने पहिलो व्यक्ति अरुण नदीलाई मोतीरामले भानुभक्तलाई चिनाउनु भएको जस्तै अरु साहित्यमा लाग्ने व्यक्तिहरुलाई चिनाउनु हुने भएकोले अहिलेको मोतीराम भनी स्वागत मन्तव्यमा भन्नु भयो ।

उक्त कार्यक्रम कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाका प्रकाशक निबन्ध आचार्यले संचालन गर्नु भएको थियो ।

–प्रस्तुतिः अरुणबहादुर खत्री ‘नदी’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x