लाज पचाउन सिक्नु पर्यो
‘शोले’ फिलिममा जेलर बन्ने असरानीले ‘मेरी जेल मे सुरंग !’ भनेर चिच्याए जस्तै इन्द्र पनि चिच्याए ‘मेरो स्वर्गमा अपराध ?’
तीनै जनाले टाउको निहुराए । क्यै बाल्न सकेनन् । अपराध त भएकै थियो । विचारहरू बोलून् पनि के । सिपाहीहरूले विन्ती बिसाए– देवराज ! यी नेपालबाट आएका तीनै जना नेताले स्वर्गको नन्दन बनमा आगो बालेर पानी तताउन थालेका थिए । यो त गम्भीर अपराध हो प्रभो !
इन्द«ले भने, निश्चय पनि यो गम्भीर अपराध हो । नेता भएर पनि यस्तो गर्ने हो ! जो अगुवा उही बाटो हगुवा !
एक जना तालु खुइले र सुगानाके नेताले भने, इन्द« देव ! हामी डाडुमा पानी तताएर त्यसैमा डुबेर आत्महत्या गर्न चाहन्थ्यौं ।
‘मेरो स्वर्गमा आत्महत्या !’ इन्द« फेरि असरानी झैं चिच्याए ।
नेताले परिचय दिए– म बी.पी. हुँ । यी बल्ढ्याँग्र्रे आँखा हुने पुष्पलाल हुन् । यी अलि कान्छा देखिने मदन भण्डारी हुन् । हामीले आ–आफ्नो पार्टीको जुन मूल्य, मान्यता र आदर्श स्वरुपको परिकल्पना गरेका थियौँ, त्यो सबै ध्वस्त भयो । नेपालमा हाम्रा दलमा गुट, फुट र लुटका साथै घात, प्रतिघात, अन्तरघात र सत्ताको भात मात्र देखिन्छ । त्यो हेरेर हाम्रो बाँच्ने रहर नै मरेर गयो । लाजले पानी तताएर मर्न लागेका थियौँ । तपाईँका दूतहरूले मर्न पनि दिएनन् ।
एकै छिन गम्भीर भएर इन्द्रले भने, अरुलाई हेरेर बाँच्न सिक्नु पर्छ नेताजी । हेर्नुस् त राप्र्रपा र सद्भावनाका नेताहरूलाई ! जुन सरकार बने पनि उनीहरू हाँस्न र नाच्न सक्छन् । त्यसैले बाँच्न पनि सक्छन् । उनीहरूबाट लाज पचाउन सिक्नु पर्यो । अब उप्रान्त यस्तो गल्ती नगर्नु होला ।
थानकाेट