साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाज पचाउन सिक्नु पर्यो

Nepal Telecom ad

‘शोले’ फिलिममा जेलर बन्ने असरानीले ‘मेरी जेल मे सुरंग !’ भनेर चिच्याए जस्तै इन्द्र पनि चिच्याए ‘मेरो स्वर्गमा अपराध ?’

तीनै जनाले टाउको निहुराए । क्यै बाल्न सकेनन् । अपराध त भएकै थियो । विचारहरू बोलून् पनि के । सिपाहीहरूले विन्ती बिसाए– देवराज ! यी नेपालबाट आएका तीनै जना नेताले स्वर्गको नन्दन बनमा आगो बालेर पानी तताउन थालेका थिए । यो त गम्भीर अपराध हो प्रभो !

इन्द«ले भने, निश्चय पनि यो गम्भीर अपराध हो । नेता भएर पनि यस्तो गर्ने हो ! जो अगुवा उही बाटो हगुवा !

एक जना तालु खुइले र सुगानाके नेताले भने, इन्द« देव ! हामी डाडुमा पानी तताएर त्यसैमा डुबेर आत्महत्या गर्न चाहन्थ्यौं ।

‘मेरो स्वर्गमा आत्महत्या !’ इन्द« फेरि असरानी झैं चिच्याए ।
नेताले परिचय दिए– म बी.पी. हुँ । यी बल्ढ्याँग्र्रे आँखा हुने पुष्पलाल हुन् । यी अलि कान्छा देखिने मदन भण्डारी हुन् । हामीले आ–आफ्नो पार्टीको जुन मूल्य, मान्यता र आदर्श स्वरुपको परिकल्पना गरेका थियौँ, त्यो सबै ध्वस्त भयो । नेपालमा हाम्रा दलमा गुट, फुट र लुटका साथै घात, प्रतिघात, अन्तरघात र सत्ताको भात मात्र देखिन्छ । त्यो हेरेर हाम्रो बाँच्ने रहर नै मरेर गयो । लाजले पानी तताएर मर्न लागेका थियौँ । तपाईँका दूतहरूले मर्न पनि दिएनन् ।

एकै छिन गम्भीर भएर इन्द्रले भने, अरुलाई हेरेर बाँच्न सिक्नु पर्छ नेताजी । हेर्नुस् त राप्र्रपा र सद्भावनाका नेताहरूलाई ! जुन सरकार बने पनि उनीहरू हाँस्न र नाच्न सक्छन् । त्यसैले बाँच्न पनि सक्छन् । उनीहरूबाट लाज पचाउन सिक्नु पर्यो । अब उप्रान्त यस्तो गल्ती नगर्नु होला ।

थानकाेट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x