साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे हरि, बाँचौँ कसो गरी !

Nepal Telecom ad

जीवनमा यस्तो दिन भोग्नुपर्ला भनेर मैले कल्पना पनि गरेको थिइनँ । कस्तो दशा लागेको रहेछ, मलाई त्यो दिन । हुन त म केटाकेटीदेखि नै अलि झिल्के स्वभावको मान्छे । होली, रोपाइँ, बिहे, मेला, दोहोरी, नाचगानहरू आए कि भित्रैदेखि चौ चौ भएर आउने । बोलाएका ठाउँमा मात्रै होइन, नबोलाएका ठाउँमा पनि जाऊँ जाऊँ लाग्ने । गइन्थ्यो, नाचिन्थ्यो, खाइन्थ्यो, कतिलाई समातिन्थ्यो, तानिन्थ्यो, पछारिन्थ्यो, हिलो दलिन्थ्यो, रंग धसिन्थ्यो । केही हुँदैनथ्यो । मेरो यही नानीदेखिको बानीले यसपालि चुर्लुम्मै डुबायो । मन्त्री मान्छे, प्रमुख अतिथि नै भनेर बोलाएपछि नजाने कुरै भएन । गइयो रोपाइँमा । रोपाइँको रोमान्समा यस्तरी रमाइएछ कि मर्यादा खुस्किएर हिलोमा डुबिसकेको पनि पत्तै पाइनछु । यी दुई–चार सौ मान्छेमध्ये सबैभन्दा ठूलो मान्छे म, जे गरे पनि हुन्छ भन्ने ठानेछु । क्यामेराको धराप थापेर बसेका पत्रकार वरिपरि हुन सक्छन् भन्ने पनि होसै गरिनछु । सिद्धिने बेला यस्तै हुँदो रहेछ ।

साँझको थकाइ सम्झिँदा अलि बढ्तै रोपाइँ गरियो कि भन्ने लागे पनि त्यस्तो अचाक्ली नै गरे होला जस्तो लागेको थिएन । टेलिभिजन र पत्रपत्रिकामा आफ्ना चर्तिकला धमाधम आउन थालेपछि पो म त छाँगाबाट खस्न थालेँ । के साह्रो गतिछाडा भएछु भन्ने लाग्यो । फोटोहरू हेरेपछि लाग्यो, मन्त्रीका ठाउँमा कुनै सर्वसाधारणले त्यस्तो गरेको भए त्यस्ता लम्फुलाई त्यहीँ हिलोमा गाड्थे, खेतालाहरूले । सुर नै हराउने गरी मातेको मान्छेले पनि सार्वजनिक कार्यक्रममा त्यस्तरी गति छाड्दैन त ! हदको पनि पराकाष्ठै नाघेछु नि मैले । मेरो बुद्धिले खान नहुने केही कुरा खाएकै हो, त्यो दिन ।

त्यत्रा बाउसेहरू थिए, हलीहरू थिए, कार्यकर्ता थिए, तिनीहरूसँग मात्रै हिलो खेलेको भए पनि हुने, महिला दिदीबहिनीतिरै यो पापी मन किन मुन्टेको होला ! रमिता मात्रै हेर्न आएका बिरामी आमैहरूलाई समेत जबरजस्ती किन हिलो दल्नुपरेको होला मैले ? एक जना पुरुषलाई समातेर हिलोमा गाडेर घोडा चढेछु । त्यो फोटो हेर्दा आफूलाई वनझाँक्री चढेको हो कि दिमागले काम नगरेको हो जस्तो देखिन्छ । झन् ती दिदीबहिनीलाई गरेको व्यवहार त..!

हरि ! हरि ! सम्झिँदा आफैँले आफैँलाई चिथोर्नु जस्तो हुन्छ ।

सञ्चारमाध्यमले त्यो के गरेको भनेर फ्याट्ट सोध्दा आशीर्वाद मागेको भनेर भन्दिएँ । जबरजस्ती समातेर आमा–दिदीहरूका शरीरमा मुखै जोतेर आशीर्वाद माग्ने जंगली तरिका सम्झेर आफैँलाई लाज लाग्यो, पत्रकारले किन पत्याउँथे !

हे हरि ! यो नपखालिने हिलो लागेको अनुहार देखाएर कसरी समाजमा बस्नु अब ? आफ्नै छोराछोरी, श्रीमती स्तब्ध छन्, ससुराली घरमा कसरी पस्नु अब ? कुटुम्ब, छिमेकी, साथीभाइसँग कसरी बोल्नु अब ? उकुसमुकुसिएर फुट्न लागेको छाती कहाँ लगेर खोल्नु अब ! आकाशबाट एकैचोटि पाताल पुगिनँ त म ? केही मिनेटको रमाइलोले जिन्दगीभरिको कमाइ गुमाएर टाट उल्टिइनँ त म ? भाग्यले भेटेको मन्त्रीको पद त गयो गयो, बाँकी केचाहिँ आफूसँग रह्यो ? लौन, म के गरूँ ? भेष परिवर्तन गरेर सात समुन्द्र तरूँ कि, गेरु वस्त्र धारण गरेर हरिद्वारतिर झरूँ ? कि डाडुमा डुबेर भुतुक्कै मरूँ ? हे हरि, म बाँचू अब कसो गरी ?
नेपाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x