साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो मनको बात

Nepal Telecom ad

यो मनको बात
खै कसलाई सुनाऊँ !
सुदूर क्षितीजमा
सयपत्रीसँगै सपनाहरू उनेर
भन्ज्याङको गोरेटो हुँदै
चुनौतीका अनगिन्ती पहाडहरूसँग
पौंठेजोरी खेल्दै
छिल्लिंदै मलाई बोलाइरहने
त्यो जूनसँग भेट्नजाने
यो मनको बात
खै कसलाई सुनाऊँ !
आमालाई सुनाउँदा
आशिक पो दिन्थिन् कि
सँगिनीलाई सुनाउँदा
सखारै व्युँझाएर
अलिकति सामल बाटोखर्च
पोका पारिदिन्थिन् कि
साथीभाइलाई सुनाउँदा
पल्लो जङ्घारसम्म
साथै लागेर जान्थे कि
जानेवेला छोरीको निधार चुम्न पाए
साइत पो बन्थ्यो कि
आजसम्म कसैलाई नकहेको
यो मनको बात
खै कसलाई सुनाऊँ !
क्रुर परिस्थितिका
काँडे तारवारभित्र
एक अञ्जुली खुसीहरू
कालो अभावका
कठोर बुटमुनि पिल्सिरहेछन्
खै, के पो बोकेर जाऊँ कोसेली !
सिङ्गो राष्ट्र
वेथितिको अट्टहासले गुन्जिएको बेला,
अपहरण पश्चात हत्या गरिएका
जवान छोराका आमाबाबु
आत्मदाह गर्न तम्सेको बेला,
सहिदका सपनाहरू
ढलोटको मूर्तिबाट
सोद्धै नसोधी
अनायास रुझेको बेला
बरु कसैलाई नभनि सुटुक्क
खाडी गएका युवा बथानसँगै
उनीहरूका बन्धकी
एकगरा करेसामा सजिदिन्छु,
अरवबाट फर्केकी चेलीले
कलेजोभरि साँचेर ल्याएको
एउटा झुप्रो रहर भइदिन्छु
अनि भावि सन्ततिले
निर्धक्क सुस्ताउन सक्ने
दुई गज चौतारो बनिदिन्छु ।
त्यसैले आत्तुरी छ मलाई
आफ्नै भावनाको क्षितीज नाप्न,
धावाधावा छ मलाई
मेरा पिंढी दर पिंढिका
भविष्यका सुनौला रंगहरू
आकाशको इन्द्रधनुषमा सजाउन
बेला घर्किन लाग्यो
खै कसलाई सुनाऊँ
यो मनको बात !!!
जाेरपाटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x