साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको ५९ औँ कार्यक्रम

Nepal Telecom ad

सुरभि साहित्य प्रतिष्ठानको सातौँ वार्षिक साधारण सभा तथा ५९ औँ आख्यान वाचन कार्यक्रम २०७२ श्रावण १६ गते शनिबार बेँसी गाउँमा सम्पन्न भयो । प्रतिष्ठानका अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो भने नरेन्द्रराज पौडेल विशेष अतिथि हुुनुहुन्थ्यो । त्यसै गरी कलाधर काफ्ले, वेदमणि घिमिरे, गोपाल बराल, युवराज मैनाली र कुमार श्रेष्ठ अतिथि रहनुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको स्वागत मन्तव्यबाट सुरु भएको यस कार्यक्रममा वर्षभरि वाचित कथाहरू मध्येबाट उत्कृष्ट कथाका कथाकार प्रकाश बस्नेत ‘गफाडी’लाई सुरभि–वेदमणि आख्यान वाचन पुरस्कार २०७१ प्रदान गरिएको थियो ।

कार्यक्रममा रेहान खान, रामचन्द्र दाहाल, लक्ष्मी एडी, रञ्जना पराजुली, कुसुम शर्मा, कलाधर काफ्ले, प्रकाश बस्नेत ‘गफाडी’, नरेन्द्रराज पौडेलले कथा वाचन गर्नुभयो भने युवराज मैनालीले व्यङ्ग्य निबन्ध वाचन गर्नुभएको थियो । सचिव अच्युत घिमिरेले सञ्चालन गरेको यस कार्यक्रममा प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानको कार्यको सराहना गर्दै सकेसम्म सहयोग गर्ने वचन दिनुभएको थियो ।

नियमित कार्यक्रमभन्दा अगाडि दिउँसो ११ बजे सुरु भएको वार्षिक साधारण सभा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षता एवम् वरिष्ठ आख्यानकार विजय चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न भएकोे थियो । अध्यक्षको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको आयव्ययको प्रतिवेदन पारित गरिएको उक्त सभामा विधानमा केही संशोधनसमेत गरिएको थियो । यस कार्यक्रममा वेदमणि घिमिरे, युवराज मैनाली, गोपाल बराल, वसन्त रिजाल, लक्ष्मण श्रेष्ठ, कुमार श्रेष्ठ अतिथि हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x