साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थोत्रो लुगा

Nepal Telecom ad

लामो जीवन भोगियो र रसिलो मेवा बढी खाइयो
भोटो सुन्दर यो नयाँ पनि थियो सेतो सफा नै थियो
धेरै वर्ष लगाउँदा असजिलो थोत्रो पुरानो भयो
यो भोटो अठचालिसे बुझिदिनुस् मैलो र थाङ्नो भयो

भोटोले अरबौँ जुटे कमिसनै लिन्थे पछौटेहरू
ती बङ्गुर समान नै बनिसके यी तुल्य छैनन् अरु
यस्तो जाल बनाइदिन्छु जसमा फस्लान् कि ? चङ्खेहरू
यो भोटो अब फालिदिन्छु दुःखले चङ्खे लगाअस् बरु

लाखौँलाख बनेर भाटहरूले गर्छन् नि मेरै स्तुति
मेरै छन् कति पाखुरे नजिकनै गर्छन् सबै प्रस्तुति
बाँच्दैनन् अब यी विना कमिसनै भोटो फुकाले पछि
चङ्खेकै पछि लाग्दछन् कि अब ती हातै नि रित्तेपछि

फालेँ मोहन कूटनीति भरिलो दौरा नयाँ हुन्छ कि ?
मैले भारत फोन नै गरिसकेँ हेरौँ फलै मिल्छ कि ?
सक्ने सम्म भला काला गरिसकेँ चङ्खे कतै गल्छ कि ?
पासा सातवटा नि थपिसकियो त्यस्मै फसाइन्छ कि ?

मेरो त्यो अनमोल ब्यूह रचना त्यस्मै झुकाइन्छ कि ?
त्यो निर्भीक रहेछ चङ्ख अधिकै मै पो फुकालिन्छु कि ?
भन्ने त्रास नआस खास अहिले मै पो धकेलिन्छु कि ?
मेरो धेय नयाँ लुगा पहिरने मौका नि पाइन्छ कि ?
धादिङ, जरेबर
२०६५/२/२६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x