साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन चाउरिस् मरीच ? आफ्नै रागले

Nepal Telecom ad

आफ्नै रागको कारणले गर्दा मरीच चाउरिन्छ । मरीच चाउरिनुलाई अपशकुन नमाने पनि वृद्ध, नेता, सत्ता, पार्टी वा पाठी चाउरिनुलाई अपशकुनको रूपमा लिइन्छ । त्यसो त चाउरी रहरले र करले पर्ने कुरा पनि भएन, जहाँ चाउरी पर्छ त्यहाँ रागको रन्को रहेछ भनेर ठोकुवा गर्न सकिन्छ । मनको बहलाई तह नलगाई उकुसमुकुस भएर जिउनु पनि रागको सञ्चय गर्नु हो । रागको कारणले खाग भएर आफ्नो छविमा दाग लगाउनुभन्दा रागदेखि टाढा हुनु नै श्रेयस्कर हुन्छ । वास्तवमा रागले राम्रो गर्छ त ?
रागले राम्रो गर्थ्यो भने विचरा मरीच किन चाउरी पथ्र्यो ? मान्छेमा पनि राग हुन्छ तर मान्छेको रागचाहिँ गैंडाको खागजस्तो नाकमाथि ठडिएको हुँदैन । राग भनेको आन्तरिक चाप हो, यसको मापनको लागि कुनै संयन्त्रको जन्म नभएको हुनाले मानवीय सङ्गतको माध्यमद्वारा एकार्काको रागको चाप पत्ता लगाइन्छ ।
वृद्धहरू बैंसको रागले चाउरिन्छन् । पार्टी नेताको रागले चाउरिन्छ । नेता आफ्नै रागले चाउरिन्छ । कार्यालय कर्मचारीको रागले चाउरिन्छ । १०४ वर्ष शासन गरेर राणाहरूको रागले राणाशासन चाउरिन पुग्यो । तीस वर्ष शासन गरेर पञ्चे निहुरिन या चाउरिन बाध्य भयो । अहंकारले भलो पनि गर्दैन र आन्तरिक अकंहारमा प्रचुरमात्रामा चाउरिका गराहरू देख्न पाइन्छ ।
यस मुलुकमा रागविनाको मरीच र खागविनाको गैंडा हेलाको पात्र हुन्छ । मरीचको राग हुँदैनथ्यो भने मकैको ठाउँमा त्यसलाई भुटेर हजम पार्न सकिन्थ्यो होला । रागविनाको गैंडाको खाग नपत्याउँदाले पनि एकैगाँस बनाउन सक्छ । खागसँगको गैंडालाई उच्च प्राणीको रूपमा लिने परम्परा अहिले पनि कायमै छ । त्यस्तै रागविनाको माछालाई मान्छेहरू तलाउमै पुलाउ बनाएर खान्छन् भने रागले भरपूर सर्प पार्कमै मण्डल मारेर हिंडे पनि छिसिक्क छुने कस्को ह्याउ ? त्यसैले अन्य क्षेत्रको भन्दा पनि राजनीतिक क्षेत्रका कार्यकर्ताले आफ्नो राग बढाएर मरीच भन्दा पीरो, खरो र सर्पभन्दा दरो हुनुपर्ने समयको माग छ । यसरी रागैरागले ओतप्रोत भएको प्राणी चाउरिने, दाउरिने, निहुरिने वा लाहुरिने भन्ने कुरै आउँदैन । मरीच जस्तो खरो र पीरो भएमा पनि स्वयं चाउरिनु या निहुरिनु पर्ने हुन्छ । निहुरिनु स्वयं नराम्रो होइन, एक अर्थमा प्रार्थना सर्वग्राह्य हुन्छ । नेपालमा वैधानिक नागरिकले अवैधानिक दौलत आँखा छलेर नेत्र चिम्लिएर हसुर्छन् र पच्ने हो कि नपच्ने भन्ने चिन्ताले आफ्नो रागप्रति ज्यादै चिन्तित हुन्छन् र यसको पिरलोले मानवाधिकारवादी दानव आस्ते–आस्ते चाउरिंदै, निहुरिदै, दाउरिंदै या लाहुरिँदै बचाइको रछानमा ओछ्यान लगाएर कालकुटी ढुकिराखेका हुन्छन् ।
फुलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
अभाव

अभाव

शेषराज भट्टराई
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
धक्कामुक्की नै गरेर आउनू भन्या हो ? त्यस्तो त अलि नगरुँ होला !?

धक्कामुक्की नै गरेर आउनू...

राजेश मानन्धर (राजमान)
१८ का १८ ! हैन यो ट्रक साहित्य हो कि राजनीतिक साहित्य हो ?!

१८ का १८ !...

राजेश मानन्धर (राजमान)
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x