साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाङ्गे कलमका कुरा

Nepal Telecom ad

औठ्याँ बौठ्याँ कुरा
खोजी खोजी झिरिप्प खायो
रोजी रोजी त्यस्तै शब्द
रौसी जस्तै चिरिप्प लायो
हल्लिँदै पल्लिँदै सडकमा आयो
छोरादेखि बाउसम्म
छोरीदेखि माउसम्म
शिरदेखि पाउसम्म सरक्क हे¥यो
तितो, कोक्याउने, टर्रोे
पिरो, चिलाउने, झर्रो
तिखो, खारिएको खर्रो
रमरम पार्ने पर्रो
शब्दहरू सडकमा
बाङ्गो कलमले तुरक्क छेर्यो
उताबाट हुल आयो
यताबाट फूल आयो
के भएछ भन्दै फनक्क घेर्यो
कोही खितखित खित्किए
कोही फतफत फत्किए
कोही पेट थिचिथिची हाँस्न थाले
कोही आँखा मिचिमिची कास्न थाले
मन्त्रीदेखि कर्मचारी
सन्त्रीदेखि ब्रह्मचारी थुरूक्क भए
दर्शकदीर्घा जुरूक्क भए
बाङ्गा कलमहरू पनि फुरूक्क भए
कुरीतिलाई
भानुले पनि कोर्रा हाने
बिकृतिलाई
भैरवले झन छर्रै छर्रा हाने
पिँडालीले पर्रा हाने,
भूतका भिनाजुले झर्रा हाने
राँणा ढले
राँणिया ढलेन
सामन्त गले
सामन्तिया गलेन
बिक्रिती फले
सुसंस्कृति फलेन
सुसंस्कार जले
कुरीति जलेन
आडम्बर त झन एक डेक चलेन ।

कयौं कलमले
राइफलको गोलका ढर्रा हाने
वाक्क दिक्क भएर
कति कलमले ठर्रा ताने
तर पनि
बाङ्गा कलमले
अत्याचार, भ्रष्टाचार बिरूद्ध
ठोक्नु ठोके
तितो पोख्नु पोखे
ठोक्न नसक्ने, टोक्नु टोके
तर जस्ले प्रहार खाए
उनैले चड्ने कार पाए
उनैका सधैँ बहार आए
मासु भात कसार खाए
बिचरा बाङ्गा कलमले
हदै भए
वाहवाहीको फुलको हार लाए ।

एक दिन मैले
मेरो कलमको ढुङ्ग्रोमा
भएको मसी फाले
त्यसमा कुकुरको पुच्छर हाले
बाह्र बर्षपछि
पुच्छर सोझिएला भनेको त
जस्तो थियो त्यस्तै भयो
बिचरा मेरो कलम पो
कुकुरको पुच्छर जस्तै भयो
त्यसैले अचेल
मेरो कलम पनि
बाङ्गै कुरा मात्र लेख्दछ
सिधा कुरा देखूँ भन्दा पनि
टेढै मात्र देख्दछ
टेढै मात्र लेख्दछ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x