साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विदेशमा बस्ने नेपालीको भाषा

Nepal Telecom ad

अगिल्लो अङ्कमा मैले शुद्ध लेख्न सिकाउनेहरूले आफ्नो नाम पनि शुद्ध गरी लेख्न नजानेको कुराको प्रमाण प्रस्तुत गरेको थिएँ । त्यसले निकै हलचल ल्यायो । एक जना वरिष्ठ साहित्यकार तथा सेवानिवृत्त शिक्षकले “हाते चड्कन दिइछस् । खुब मजा आयो ।” भनेर फुक्र्याए । ‘उसै त कुन, कानमा सुन’ भनेझैँ म फुरुक्क फुर्किएँ । अर्का शुभ चिन्तक भेटिए । तिनले निकै चिन्ता देखाए, “गाउँलेजी, तपाईं वर्णविन्यासमा विद्यावारिधि (पी.एच.डी) गर्दै हुनुहुन्छ । ‘भाइवा’ को मूल्याङ्कन बिग्रिएला नि ! पी.एच.डी. गरिसकेपछि पो हान्नुपथ्र्यो त !” मैले निर्धक्क भएर तिनलाई सुनाएँ, “यस गाउँलेले गर्न लागेको विद्यावारिधि आफ्नो नामको अगाडि डा. लेख्नका लागि होइन, यो त नेपाली भाषाको सेवा र सुरक्षाका लागि आफ्नो तर्फबाट गर्न लागेको यथोचित र यथाशक्य प्रयास हो । म डाक्टर नभएर केही हुँदैन, नेपाली भाषा चाहिँ बाँदरे विद्वत्ताबाट बच्नै पर्छ ।” भेट हुँदा तत् तत् महाशयहरूलाई, सुनाइदिनुहोला—“गाउँलेको उद्देश्य कसैको मानमर्दन गर्नु होइन तर अन्तिम साससम्म नेपाली भाषाको पक्षमा लडिरहनेछ ।”
नेपाली माटोलाई एकीकरण पृथ्वी नारायण शाहको भुत्ते तरबारले गरेको हो । नेपाली मुटुको एकीकरण साहित्यकारहरूको कलमको टुप्पाले गरेको हो ।
केही दिन–अगाडि कतारबाट आएका एक जना तराईवासी भाइले बोलेको शुद्ध नेपालीले मेरो मनमा एउटा नौलो तरङ्ग चलायो । दार्जिलिङ, आसाम, भुटान आदि देशमा बस्ने प्रवासी नेपालीहरूले आफ्ना अनेक जात र थर मेटेर नेपाली अथवा गोर्खाली बनाएका छन् । म यही कुरो रटिरहन्थेँ । आज संसारभर व्याप्त नेपाली समाजमा यस्तै दृष्टान्त पाइन्छ ।
मोदनाथ खनाल विदेश गइसकेका रहेछन् । उनको लेख पढेर पो थाहा पाइयो । वाल्मीकि क्याम्पसतिर पढाउँदा–पढाउँदै विदेशतिर छड्किएछन् । उतै बसेर नेपालीलाई नेपाली भाषा पढाउने उनको इच्छालाई साधुवाद ! विदेशमा बस्नेहरूको मन र आत्मा नेपाली हुँदो रहेछ । नेपालमा बस्नेहरूको चाहिँ तन नेपाली तर मन र आत्मा विदेशी कसरी भयो !
विदेशमा गएपछि विदेशीले तोरीबाट तेल निचोरे झैँ निचोर्छन्, अनि मात्रै भित्रको आँखा खुल्दो रहेछ । कतार मुसलमानको देश भन्ने सुनेको थिएँ । मुसलमान नेपालीलाई भेट भएपछि थाहा भयो, त्यहाँका बेपारीहरू मुसलमान होइनन्, मुसल मात्रै पनि भेटिन्छन् । निर्दयी र निष्ठुर ! ती भाइले मलाई चिनेनन् । मैले तिनलाई चिनेँ । तिनी हिन्दु मित्रसँग कुम जोडेर खाजा खाँदै थिए, हृदय खोलेर शुद्ध नेपाली बोल्दै थिए । मैले उनको नजिकै गएर सुटुक्क सोधेँ, भाइको घर कहाँ पर्यो ? उनले भने, सुनसरी । मातृभाषा कुन हो ? मैथिली । नेपाली निकै शुद्ध बोल्नुहुँदो रहेछ नि ! उनले फ्याट्टै भने—“पहिले राम्ररी बोल्न आउँदैनथ्यो । विदेश गएपछि सिकियो । अहिले त घरमा आमाबाबुसँग पनि नेपालीमै कुरा गर्छु ।”
नेपालमा बस्दा नेपाली पढे, तर सिकेनन् । विदेशमा गएपछि तिनै मानिसहरू नेपाली भाषा शुद्धसँग बोल्ने भएर कसरी निस्किए ? यसको एउटै उत्तर हो, नेपालीहरूको सम्पर्क भाषा मात्र नभएर मनजोड भाषा नेपाली हो । अमेरिकामा वर्षौं बसेका उद्योगपति धनाढ्य भीम उदास, जातले नेवार हुन् । तिनले केही वर्षअगाडि एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्ता अझै सम्झिन्छु । लगभग आधा घण्टा बोले, एउटा शब्द पनि अङ्ग्रेजीबाट ल्याएनन् । अत्यन्त शुद्ध र सुस्पष्ट उच्चारण गरे ।
नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
0
Would love your thoughts, please comment.x
()
x