साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारी मात्र रे !

Nepal Telecom ad

होइन के सुन्नु परेको ? राष्ट्रलाई सुशासन दिन्छु भनेर माथिल्लो कुर्सीमा बस्नेले पनि कसरी हेरेर हो भ्रष्टाचार नगर्ने व्यक्ति पाउनै गाह्रो भन्नु भएको ! उहाँलाई त भ्रष्टाचारले होइन भ्रष्टाचारीले पो घेरिरहेका छन् रे ! भूमिसुधार, स्वास्थ्य र शिक्षालाई भ्रष्टाचारको अखडा त देख्नु भो’ तर ‘भ्रष्टाचार नगर्ने व्यक्ति पाउनै गाह्रो’ भनेर उहाँले नै भन्दा त अरू मन्त्रालयका कर्मचारीले हामीलाई बिर्सनु भो भनेर त कतै चित्त दुखाउँदैनन् ? भ्रष्टाचारी पाउनै गाह्रो पनि भन्ने, उता तीन मन्त्रालय मात्र देखाउँदा कतै समानुपातिक र समाबेसी नभएको भान त अरू कर्मचारीमा परेन ? मन्त्री, सचिब र कार्यालय प्रमुखका मुख्यान्जेल उहाँले मुख खोलेर ‘कार्यान्वयन पक्ष कमजोर’ पनि भन्न भ्याउनु भएछ ! फेरि अर्का कार्यालय प्रमुखले पनि ‘तलतलका कर्मचारीले जेजस्तो फाइल बनाएर ल्याउँछन् त्यसैलाई आँखा चिम्लेर दायाँबायाँ नहेरी सहीसदर गर्छौँ ’ भनेर थपेछन् ! होइन यसरी पानीमाथि ओबानो बनेर सही कुरो बोल्ने बानी यिनीहरूमा कहिलेदेखि परेछ ? बीसवर्ष सजाय पाएका व्यक्ति दशकदेखि सेनामा छिरेकै रहेछन् । ट्राफिक माफिकको चालीस रुपियाँमात्रमा पनि राल काडेकै देखियो । जन धन र डनले जहाँ जहाँ जे जे गर्छन् गरून् भनेकै जस्तो छ । कतै चोरलाई चौतारी र साधुलाई शुली पनि चढाएकै देखिन्छ । त्यही कार्यक्रममा अर्का बुजु्रक कर्मचारी ‘भ्रष्टाचार कम गर्न नागरिक पो सशक्त हुनु पर्छ’ भन्दारहेछन् ! हुन त हो बाघ डराउने होइन बाख्रो डराएर जोगिनु पर्छ । कर्मचारी सशक्त छन् र पो भ्रष्टाचार नगर्ने नपाइएको रहेछ । अनि कर्मचारी बाघ जनता बाख्रो बनेका रहेछन् भन्न मिलेन त ? कार्यक्रमको स्वभावले भाव यही भन्छ ।
कुरोप्रसङ्ग पनि ‘‘भ्रष्टाचार विरुद्धको अन्तरराष्टिय दिवस’’ कै भेलामा भएको प्रसङ्गको प्रसङ्ग रहेछ । हाम्रा भ्रष्टाचारी कर्मचारी पनि के कम भन्या, राट्रभित्रको भ्रष्टाचारलाई छपक्क छोपेर ‘अन्तरराष्ट्रिय भ्रष्टाचार दिवस’ को व्यानर राखेर पो कार्यक्रम सुरु गरेछन् त ! हेर भ्रष्टाचार माथि भ्रष्टाचारले व्यङ्ग्य गरेको ? राष्ट्रमा भ्रष्टाचार व्याप्त भएर एकजना भ्रष्टाचार नगर्ने व्यक्ति पाउन नसकेको कुरा राष्ट्रकै अग्लो कुर्सी ओगटेर बस्नेले ‘भ्रष्टाचारलेभन्दा भ्रष्टाचारीले आफूलाई नियन्त्रण गर्न लागे’ भन्छन् उता सिङ्गै मुलुकका कर्मचारी भेला भएको कार्यक्रममा आयोजनाको अर्थ नै अनर्थ हुनेगरी अन्तरराष्ट्रिय भ्रष्टाचार दिवसको व्यानर किन नझुन्नाउन् ? कतै भने कार्यक्रमको कर्नरतिर कसैले कालो कपडा कण्ठीमा कसेर कार्यक्रममा पसे भने पस्न पाइन्न भनेर प्रहरीले पन्छाउँछन् । कतै भने राष्ट्रिय कार्यक्रममा अन्तरराष्ट्रिय व्यानर खुलेआम राखेर उपल्लो राष्ट्रियस्तरको कार्यक्रम चलाइँदो पनि रहेछ । हुन त हाम्रो मुलुकमा हाल यो सरकारले भ्रष्टाचारी निर्मूल गरिसकेर मुलुकमा अब कुनै पनि भ्रष्टाचारी छैनन् भनेर अन्तरराष्ट्रिय भ्रष्टाचारी खोज्ने व्यङ्ग्यात्मक कार्यक्रम गरेको पनि हुनसक्छ । नत्र किन आदेश दिन्थ्यो माथिल्लो निकायले अन्तरराष्ट्रिय भ्रष्टाचार दिवस मनाऊ भनेर । नत्र किन मुलुकमा यतिबेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कर्मचारी बिहीन गराउँदै लग्नुपथ्र्यो ? भ्रष्टाचारी छैनन् खोज्नै पर्दैन भनेर त अनुसन्धान आयोग वियोग भएको होइन ?
हुनत आचार भ्रष्ट भएका जति सबैलाई भ्रष्टाचारी हुन् । आचार भ्रष्ट हुँदैमा घुसै खायो भन्ने प्रमाण नभएर पनि कार्बाही र कार्बाहीको कार्यालय नभएको हुन सक्छ । घुस भन्दैमा पैसानै हो भन्ने कानुनी आधारको धार नमिलेर पनि घुस्याहालाई कुनै प्रकारको कार्बाही नभएको हुन सक्छ । कुरोभित्रको चुरो अधुरो छ । भ्रष्टाचारी खोज्ने निकाय मधुरो छ ।
यसरी ‘भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवस’ नमनाएर ‘अन्तरराष्ट्रिय भ्रष्टाचार दिवस’ मनाइसकेपछि मुलुक बाहिरकाले हाम्रो पोजिसनलाई भ्रष्टाचारीको पंक्तिमा एकसय सैँतीसौँ स्थानमा राखेको नम्बर हटाइदेऊ । हामी भ्रष्टबाट मुक्त भयौँ, भनेर लेखिपठाए अझ बढी बेस होला, कि कसो ?

ट्याङ्ला, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
कुर्सी, कमिसन र प्रशासन

कुर्सी, कमिसन र प्रशासन

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x