साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थोत्रे भयौ मास्टर

Nepal Telecom ad

उम्रन्छन् बिरुवा फुटी जमिनमा लागेर तीन्पात नै
यो कस्तो कलिकाल आज यसरी देखिन्छ अच्चम्म नैर्
गर्छन् बात नयाँ अत्यन्त गहिरा भन्नै कहाँ पर्छ र
आफैं ज्ञान दिने भए सकलमा चाहिन्न भो मास्टर ।

फाले पुस्तक हातमा छ गतिलो रन्किन्छ मोबाइल
स्यूँदो केश अहा १ लुगा गजबका आँखाभरी गाजल
फिल्मी चाल गरी हिंडाइ र कुरा लाग्दैन यौटै धक
त्यस्तालाइ सिकाउनु किन पर्‍यो ( चाहिन्न भो शिक्षक ।

कक्षामा नबसी यताउता हिंडी अन्तै बस्यो रे दिल
श्रेणी पाँच हुँदै गरी लभ अरे जाने भए पोइल
आफ्ना लागि भविष्य सोच्न पनि ता आफैं भए आतुर
आफैं दक्ष भए युवा र युवती चाहिन्न भो ट्यूटर ।

हड्ताल बन्द गरी बडा गजबले संसार थर्काउँछन्
नारा जोश भरी कडा सडकमा उफ्रेर चर्काउँछन्
जान्ने छन् सब शिष्य सम्झ मनमा हो हैन रे वास्तव
कर्णाधार उनै यही मुलुकका चाहिन्न प्राध्यापक ।

आँखामा जलबिन्दु कान बहिरा ज्यादै पुराना तिमी
फेस्बुक् च्याट गुगल् उता जगतमा हिंड्छन् नयाँ छन् उनी
के सिक्छन् तिनले सिकाउन भयो पर्दैन आराम गर
विद्यार्थी छ नयाँ र देश दुनियाँ थोत्रे भयौ मास्टर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x