साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो चर्पी

Nepal Telecom ad

कटक्क पेट काट्दा,
गएर थचक्क बस्ने मेरो चर्पी
कत्ति माया गर्छ मलाई
मैले फालेको, ओकलेको,
थुकेको, खोकलेको
सबै सुलुसुलु निलिरहन्छ
घिन मान्दैन
मेरा बम बर्सादका आवाजहरु
स्थिर भएर सुनिरहन्छ
झर्को मान्दैन
हेर त नारद जस्तो भान्सा,
पकवान केही बसाल्नै हुन्न
चिम्नीबाट गाउँ फुक्न थाल्छ
तर यो चर्पी, मेरो गोपनियता
कत्ति छ योसँग,
खै कहिले कसैसँग खोल्दैन
बिचरा थाक्दो त यो पनि हो
राती यो पनि सुत्दो हो
तर म भने आधा रातमा
उठेर गएर लहरे बडाइँ
हानिदिन्छु
तै पनि मलाई ऊभित्र
उपस्थित गराई रहन्छ
शायद यसले मलाई
अथाह प्रेम गर्दो हो
एकोहोरो प्रेम ।
म भने मत्लबी छु
काम पर्दा मात्र उसलाई सम्झन्छु ।

चर्पी, सुन्दरतामा त तैँले
मिस नेपाल पछार्छस्,
तेरो चिल्लो टायल टाँसेका भित्ता
कुनै सुन्दरीका गाला भन्दा
कम त कहाँ छन् र ?
भित्तामा थप्पा लागेको तेरो ऐना
विना गाजलका बाटुला आँखा जस्ता छन्
जोसँग म आँखा जुधाइरहन्छु
तर सधैं तँ जितिरहन्छस्
तेरा भित्तामा जडित
डल्ला–डुल्ली धारा–सावर,
भुँइको कमर्ट–प्यान
पक्कै तेरा नसालु ज्ञानेन्द्रिय हुनु पर्छ
नत्र किन कस्ता कस्तासँग
नसाटेको जोवन
हरेक चोटी तँसँग
नग्न अवस्थामा आत्मसमर्पित
भएर आउँछ ?
तर तँ भने इज्जत जोगाई दिई राख्छस्
केही घमण्ड छैन तँमा

त्यसैले चर्पी सिकाइदेन
मलाई पनि तँ जस्तै
सहनशील, शालिन बन्न मन लाग्यो
अरु कसैलाई नभनेस् है
खुसुक्क तँलाई
आई लभ यु टु भन्न मन लाग्यो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x