साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरिमायाँको ब्रत कथा

Nepal Telecom ad

बुवाले बर खोजी देलान् भन्दा भन्दै
पैँतिस बसन्त काटिन्
छरछिमेक युवासित
मायाप्रीति पनि साटिन्
तर पनि कुनै बर प्राप्त नभएपछि
आज ब्रत बसेर
पशुपतिनाथसँग बर माग्न आँटिन्
पैँतिसा काटे पनि महादेवलाई समेत
पच्चिसा भनेर ढाँटिन् ।

मन्दिरमा पुगेर हरिमायाँले
तिमी जस्तै पति पाउँ भनेर
महादेवलाई पुकारिन्
ग्यास भरिएको रैछ पेटमा
एक पटक बेस्सरी डकारिन्
उनको पुकार सुनेपछि
एउटा लट्टे आएर भन्यो
म पनि महादेव जस्तै जटाधारी छु
हरेक दिन बाबाको अखडा अखडामा जान्छु
महादेवले जस्तै टन्न गाँजा तान्छु
ल पत्याउँछ्यौ भने आजदेखि
तिमीलाई मेरी पार्वती नै मान्छु ।

हरिमाया पश्चिमको ढोकाबाट
पूर्बी ढोकामा भागिन् र
फेरि महादेवसँग वर मागिन्
महादेव ! यसपालि त साँच्चै
तिमी जस्तै महादेव देऊ
उनको कुरा सुनेर
एउटा ट्यापे झ्याप्प हुँदै आएर भन्यो–
म एउटी पार्वतीले धोका दिएपछि
ट्याक्क महादेव जस्तै भाको छु
भाङ धतुरोले काम नगरेपछि
आज त हिरोइन नै खाको छु
तिम्रो पुकार महादेव भन्दा
पहिले मैले नै सुनेँ
मलाई बर मान्छ्यौ भने
म आजै तिम्रो महादेव हुने ।

त्यसपछि हरिमायाँ आत्तिँदै
दक्षिण ढोकातिर कुदिन्
बिचरी झन्नै साँढेसँग जुदिन्
फेरि महादेवसँग आशिस मागिन्
म त महादेव तिम्रै ब्रत बस्या छु
जसरी हुन्छ आऊ भेस बदलेर भए पनि
म त कस्तो कस्तो आएर फस्या छु
उनको पुकार सुनेपछि
एउटा भिखारी टुन्न हुँदै आएर भन्यो
तिमी अघिदेखि नै
महादेव जस्तो पति मागी राखेकी छ्यौ
मेरो न्वारनको नाम पनि महादेव नै हो
अचेल फेरि म महादेव नै भाको छु
गाजा भाङ छाडेर टुन्न जाँड लाको छु
भर्खर साँढेमा चढेर तिमीलाई भेट्न आको छु
भन मलाई पति मान्छ्यौ भने
सिन्दुर पोते नै ल्याको छु ।

हरिमाया फेरि भाग्दा भुइँमा नै लडिन्
फेरि पश्चिम ढोकामाा गएर महादेवको शरण परिन्
त्यसपछि महादेवले भने–
अरे बालिका !
अघिदेखि तिमी
म जस्तै बर मागी रहेकी छ्यौ
म जस्तै बर पाउँदा
फेरि भागीछ्यौ, भागीछ्यौ
म पनि त चौबिस घन्टे हुँ
तर मेरी पार्वती कहिलै भाग्दिनन्
मैले जे खाए पनि कहिलै थाक्दिनन्
तिमी त मेरा तीन रुप देख्दैमा भागीसक्यौ
भाग्दा भाग्दा पनि थाकिसक्यौ
हरिमायाँले बिहेको प्रस्ताव राखेका
सबै महादेवलाई शिरदेखि पाउसम्म हेरिन्
र एक लामो श्वास फेरिन्
त्यसपछि शान्त हुँदै पशुपतिलाई ढोगिन्
र नजिकैको होटेलमा गएर टन्न नास्ता ठोकिन् ।

त्यसपछि टिन्न टिन्न घन्टी बज्दै
बाउको फोन आयो
ल छोरी तेरो आजको ब्रत पूरा भो
तेरो लागि मैले गजबको ज्वाइँ पाको छु
ल छिटो आइज
ज्वाँइँ साहबलाई घरमै ल्याई आको छु ।

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x