साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शासक र जुत्ताहरू

Nepal Telecom ad

शासकहरू
आफ्ना भद्दा खुट्टाहरूलाई
थरी थरीका जुत्ताहरूले छोपेर
सुरक्षित अनुभव गर्छन् ।
जुत्ताहरू पनि
शासकका पाउमुनि बाँच्न पाएकोमा
आफूलाई सौभाग्यशाली ठान्छन्
मालिकको सेवामा समर्पित भएर
ठूलो आनन्द प्राप्त गर्छन्
र बनेर अन्धभक्त
जप्छन् रात दिन यी मालिककै नाम ।

यी शासकहरू
भारदार जुत्ताहरूको आडमा
कसैलाई पनि टेर्दैनन्
मतियार जुत्ताहरूको भरोसामा
कसैसित पनि डराउँदैनन्
र बजार्छन् लात्ती
कलिला सपनाहरूमाथि ।
यी जुत्ताहरू
ग¥याप् ग¥याप…
टेक्छन् निर्दोष जीवनहरूमाथि
र किच्दै हिँडछन्
बाग बगैँचामा सुन्दर फूलहरू ।

तर एउटा कुरो–
यी शासकहरू
जे जति अन्याय र अत्याचार गर्छन्
जुत्ता लगाएर मात्र गर्न सक्छन्
जुत्ताबिना त यी शासकका नाङ्गा खुट्टाहरूले
एक कदम पनि हिँडन सक्दैनन्
साले शासकहरू !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x