साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कात्तिके कुकुरहरू

Nepal Telecom ad

बगर, पाखा, कान्ला, बुट्टा कुँद्दै
खोला खहरेको प्रवाह नगरी
गाउँटोलको ख्यालै छैन
बाली बिरुवा नष्ट पार्दै
लठ्ठारिएर हिँडेका एक हुल कुकुरहरू ।

एउटी कुकुर्नीको गन्ध सँुघ्दै,
जीवनमा पहिलो चोटी
अरुलाई उछिनेर
आफूसँग संसर्ग गर्ने
उसलाई गर्भवती बनाउने
लुच्चो लालसाले ज्यान छाडेर
कुकुर्नी नछोडि पछिपछि
दौडिरहेछन् एक हुल कुकुरहरू ।

भुक्नु भुके, ढुक्नु ढुके
न कसैको प्रवाह गरे
न मतलब राखे
चोट सहेर, भोकप्यास त्यागेर
घरि यता घरि उता
लखेटिँदै, खेदिँदै
एक छिन नछोडी
पछ्याउँदै छन् एक हुल कुकुरहरू ।

अपशोच,
एक वर्षपछि एक पटकको
समागम समयमा
लुते, ख्याउटे, खुलिएको
पाङ्ग्रे कुकुर जोल्ठिन पुग्छ,
दङ्ग छन् आसे कात्तिके कुकुरहरू ।

रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x