पोष्टराज चापागाइँनाकाबन्दी गरी राख् तँ
साथ अन्तै मोड्छौं हामी नाकाबन्दी गरी राख् तँ
हात तेरो छोड्छौं हामी ! नाकाबन्दी गरी राख् तँ
तेल तेरै ! गाडी तेरै !! लैजा ठाँडा !!! उतै सारा
गोरु गाडा जोड्छौं हामी नाकाबन्दी गरी राख् तँ
धान रोप्छौँ, कोदो रोप्छौँ, बेर्ना रोप्छौँ, अलैचीका
खोंच पाखा झोड्छौं हामी नाकाबन्दी गरी राख् तँ
के मधेसी ! के पाहाड़े !! के लेकाली, हिमाली के
फूल जस्तै गोड्छौं हामी नाकाबन्दी गरी राख् तँ
पाउ हाम्रै ! लात्ती हाम्रै !! माटो हाम्रै सिमानाको
शीर तेरै तोड्छौं हामी ! नाकाबन्दी गरी राख् तँ !!
Subscribe
Login
0 Comments
Oldest





































