साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैं

Nepal Telecom ad

फेरि आएछ यो दशैं
किन मुन्टिन्छ वर्षेनी
ऋणको साङ्गली हल्लाउँदै
दरिद्र चुल्हाहरूको खिल्ली उडाउँदै
यो असत्ति दशैं ?
इन्द्रेणी सपना चोर्न हिंडेका
बगरका झुपडीहरूभित्र,
भरदिन बालुवा चालेर
आफ्ना बालबच्चाको
दुई छाकको चिन्ता गरिबस्ने
स्वार्थी मनमायाको मनभित्र
किन पस्नै सकेन कहिल्यै
मालश्री धूनहरू ?
अर्को साल तेरो छातिभरी
लालीगुराँस फक्रेझैं आउँछु भन्दै
किन जहिल्यै ढाँटेर जान्छ
यो फटाहा दशैं ?
चिसा चुल्हाहरूले त उहिल्यै
वहिष्कार गरेकै हो
यो असत्ति दशैं
र पनि लाजै पचाएर
फटाहा नेता ङिच्च
हात जोडेर
भोट माग्न गाउँ पसेझैं
त्यही दरिद्र चुल्हाहरूको
परिक्रमा गर्न आइपुग्छ
मुख बाउँदै वर्षेनी
यो असत्ति दशैं ।
रातदिन नभनी
मुखियाको बाली भित्र्याउने
बिर्खेका बाबु
किन फेर्न सक्दैन
एकथान पाल्पाली सगर,
किन आश गरिरहन्छ
मुखिनीले ठुस्स पर्दै भरेको
केही पाथी धानको ?
म सम्झँदैछु
बच्चामा घोकाएको
देवी मायाकी प्रतिक हुन्,
शक्तिस्वरुपा दुःखहरता हुन्
अनि सम्झँदैछु
ती दरिद्र चुल्हाहरूका
चिसा सुस्केराहरू ।
म हेर्दैछु
गरिवीका कथाहरू बेचेर
मोटाएको सिंहदरबार,
दुःखीका आँसुको तस्करी गरेर
सम्पन्नताको जमरा सिउरिने बालुवाटार ।
अझै कति हेर्नु छ, खै !
थाहा छैन, अझै कति हेर्नु छ
इतिहासदेखि आशिर्वाद फलाक्दै आएको
तर कहिल्यै पुर्याउन नसकेको
बिपन्न चौकसहरूमा
यो असत्ति दशैं ।

जोरपाटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x