साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोडाको जिन्दगी

Nepal Telecom ad

सुनेको थिएँ
घोडा बस्दैन रे
बस्यो भने मर्छ रे
म आज घोडा भएको छु
घोडा जस्तै टक्क उभिन्छु
मालिकको निर्देशनानुसार
एसो एता उता पनि हिँड्छु
जे गर्छु उठेरै गर्छु
उठेर बाहेक केइ गर्दिनँ ।
घोडा उठेन भने मर्छ रे
म सुतिनँ भने मर्छु
त्यसैले म सुति टोपल्छु
अबे..र देखि सबे..र सम्म ।
सिउरवाला भाले भन्दा म छिटो उठ्छु
र जान्छु मुत्र बिसर्जन गर्न
तर
गाउँको जस्तो कान्लोमुनि
टुक्क्रुक्क बसेर होइन
घोडाले झैं उभिएर …।
त्यो दियो जस्तो आकारको
भित्ताँ टाँस्या माटाको भाँडामा…।
अनि म जान्छु मल त्याग्न
आधा उठेर आधा बसेर
पिँध फुटेर घोप्ट्याइएको
हाँडी जस्तो भाँडोमा
बसुँ भने फोहोर देख्छु
त्यसैले
केटाकेटी बेलाँ सरले बनाउने
कुखुरो आसनमा
बडो कष्टसँग… ।
म स्नान गर्छु
पँधेरा अगाडि बसेर होइन
चर्पीमा उभिएरै न्वाउँछु ।
सायद यहि होला
स्नान गर्नु र न्वाउँनुको फरक ।
म एकछिन नबसिकनै
झुल्के घामलाई उछिन्छु
अब कसैले सोच्ला
मेरो बस्ने बेला भो भनेर
हैन
उठ्ने बेला चैँ भो
लगातार बाह्र घन्टा
यसैलाई डिउटी भन्छन्
यो डिउटी सकेर पनि
बस्ने बेला आउँदैन
उभिएर मोटर कुर्नु परेन ?
ल है कोठामा पुइँ
अब ता बस्छु ?
अँहँ
काँ बस्न पाइन्छ ?
पेट पूजा गर्नु परेन ?
जाउलो क्या जाउलो
भोलि बेल्कासम्म खानलाई
हिजोको भाँडामा छ
उठेरै
तिहुन् काट
उठेरै
पकाऊ
उठेरै
जे गर
उठेरै
तर
खानँ चैं बसेरै खान्छु
अठार घन्टा जो उभ्भिई सकेँ
आधा रात बिति सक्यो
म सुत्नु भन्दा पहिलेनै
थाङ्नामा पछारिन्छु
डङ्ग्रङ्ङ्ग
भोलि बिहान चाँडै उठेर
घोडा झैँ उभ्भिनु परेन ?

साकोनारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x