लालकाजी श्रेष्ठरानीलाई ल्हास्सो फ्याफुल्ला
ल्होसारैकी नानीलाई ल्हास्सो फ्याफुल्ला
लट्ठै पार्ने बानीलाई ल्हास्सो फ्याफुल्ला
म त शायद जन्मैदेखी उस्कै हुँ की क्या हो?
नसोधी मन लानीलाई ल्हास्सो फ्याफुल्ला
मुस्कानैको बल्छी हानी एकोर्याउँछे मलाई
बेहोस पारी जानीलाई ल्हास्सो फ्याफुल्ला
संगै मेला हेर्न जाउँ खाजा ख्वाउँला भन्छे
साँच्चै मनकी दानीलाई ल्हास्सो फ्याफुल्ला
तिर्खा लागे प्यास मेट्ने आस्वासन छ उस्को
फुलहरुकी रानीलाई ल्हास्सो फ्याफुल्ला ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest





































