साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राहत आएन

Nepal Telecom ad

भूकम्पले खण्डहर भएको वस्तीमा
खण्डहरमै स्याउला बिछ्याएर बस्दा
जति ढुके पनि खै त्यो सरकारी राहत आएन ।

ढिकी जाँतो निदाएको पनि धेरै भै सक्यो
एउटा बचेको ताउलो
नतातेको धेरै भयो
कसै कसैले झुण्डाएकाछन् झुत्रा त्रिपाल
घाम पानीले त्यो कुहिसक्यो
हिमपातले झरिसक्यो
दाताले पठाएको अलिकति राहत
त्यो पनि
टाठा बाठा,नेता अनि चील गाडीले खायो रे
अलिकत औषधि मागेका
त्यो पनि रोकियो रे नाकाबन्दीले
नआऊ तिमी अब यहाँ
केवल रिबन काट्न
अब त हामीसँग एक टुक्रा ईंजार पनि छैन
घाउले चिरा परेका हत्केलाबाट कुनै ताली बज्दैन
आँसु बनेर सुकिसक्यो रगत
अव सक्दैन ओठ मुस्काउन
हो हिजो सुने थें बारीको डिल माथि
कसैको रेडियोमा बजेको भाषण
खानै नसक्ने गरी राहत बाडियो रे
न्यानो लुगा थियो रे
टल्केका जस्ता थियो रे
नयाँ नयाँ त्रिपाल थियो रे
घर बनाउने पैसा थियो रे
विदेशीले समेत पठाएका रे
खै त्यो उतै बाँडिएछ, यता केही आएन
जाडोले कठ्याङ्ग्रीएका औंलाहरू
खोकिलामा घुसारौं भन्दा, आँगसमेत नाङ्गो छ खोकिला नै छैन
त्यसै कठ्याङ्गिइ रह्यो
अबत यो मन पनि कठ्याङ्ग्रिइ सक्यो
दिन बित्दै जाँदा देख्ने छौ
ङिच्च परेर हाँसेका कङ्काल
त्यति बेला
त्यो तिम्रो राहत खाने तिमीनै हुनेछौ केवल तिमी ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छाता

छाता

विजयध्वज थापा
बुख्याँचा

बुख्याँचा

विजयध्वज थापा
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x