प्रेम ओली ढकलपुरेतिम्रो र मेरो देश
तिम्रो देशमा
अभिनेताले टन्न कमाउँछन्
तर मेरो देशमा त
नेताले टन्न कमाउँछन्
तिम्रो देशमा
गायकले कमाउँछन्
तर मेरो देशमा
विधायकले कमाउँछन्
तिम्रो देशमा
समाजसेवीले अरुलाई दिन्छन्
तर मेरो देशमा
समाजसेवीले उल्टा लिन्छन्
तिम्रो देशमा पुलिसले
चोर गुण्डा समाउँछन्
तर मेरो देशमा पुलिस
गुण्डा समाउन खुट्टा कमाउँछन्
तिम्रो देशमा कर
धेरै कमाउने धेरै तिर्ने
तर मेरो देशमा
धेरै कमाउने झन थोरै तिर्ने
तिम्रो देशमा
घोटाला गर्ने जेल पर्छन्
तर मेरो देशमा
घोटाला गर्ने त
सत्तामा जाने खेल गर्छन्
तिम्रो देशमा
बलात्कारी फाँसीमा चढ्छन्
तर मेरो देशमा
बलात्कारी चुनावमा लड्छन्
तिम्रो देशमा
भ्रष्टाचारी असामाजिक मानिन्छन्
तर मेरो देशमा
भ्रष्टाचारी मन्त्रीमा छानिन्छन्
तिम्रो देशमा सरकारको डरले
चोर डाँकाहरू देश छोडि भाग्छन्
तर मेरो देशका सज्जन, इमान्दार
देश छोडि भाग्छन् ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































