साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आव्हान

Nepal Telecom ad

हाम्रा सिर्जन कर्म छैन गतिला, धर्ती हुने भो मरु
मस्ती भोज भतेर छन् हरघडी, भेटिन्न है आबरू
नाङ्गो नाच हरेक गाउँघरका मान्छे डराएपछि
जान्छन् लाख भुचाल यी मनुजका निष्ठा हराएपछि ।

बाबा चिन्तनमा रहे हरघडी सन्तानका खातिर
आमा छिन् घरमा रुँदै कहरमा झेल्दै अनेकौं पिर
भाषा संस्कृति नासिँदै छ अहिले, संस्कार शून्यै भए
बाँच्लान् यी कसरी युवाजन सबै मुग्लानमा भासिए !

माटो चिन्तनमा गएन मन यो बाटो अरूले खने
आफ्नै चेतनले भएन बहसै, मान्यौ अरूले भने
आगो बग्छ नदी तथा नहरमा, मान्छे डराएपछि
जानै पर्छ भुकम्प चेत अथवा आस्था हराएपछि ।

रोगी बन्छ बिहान दुर्बल सखी, हामी नजागेपछि
आगो निभ्छ समस्त न्याय जगको ब्वाँसा नमासेपछि
छोप्यो बादलले चिसो हुन गयो रुन्चे बिहानी भयो
जागौँ घोष गरी सुवर्ण स्वरले आव्हान मेरो छ यो ।

हेटौडा
(२०७२।१०।२५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x