साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी अचम्मकै छौँ

Nepal Telecom ad

झोले व्यवहारले गाँजिएको
हाम्रो गुलामी मनस्थिति
प्रशंसा र गाली दुवैमा पोतिने
बिचित्रको दिनचर्या छ हाम्रो
हामी अचम्मकै छौँ !
ऊ हिँडदा पछि पछि कुद्छौँ
बस्ता देख्ने गरी उभिन्छौँ
दिन रात यस्तै गर्छौं
ऊ जता गयो उतै धाउँछौँ
हामी अचम्मकै छौँ !
ऊ सत्तामा पुग्नासाथ
उहिलेका तस्बिर टास्छौँ
अनि भ्वाक्क गर्धन फुलाउँछौँ
ती गर्धनमा ठूलो आशा बोक्छौँ
हामी अचम्मकै छौँ !
ऊ कुर्सीमा छ, तर केही भएन
निराशामा फेरि गाली गर्छौं
दिन आउँछ ऊ माथि जान्छ
फेरि हतारमा तस्बिर टाँस्छौँ
हामी अचम्मकै छौँ !
शक्तिको पुजारी होइन अब
आस्था र सिद्धान्तको अनुयाई बनौँ
दक्षता र इमान्दारितालाई कदर गरौँ
साझा भावको दृढ अगुवाई खोजौँ
ती तस्बिरहरूले फेरि बोल्नु पर्दैन
अनि पनि त फेरि अचम्मकै हुन्छौँ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x