साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आठसिलोक छेडछाडहरूको पल्टन

Nepal Telecom ad

‘युगज्ञान’ सातदिने पत्रिकाका पेटमा व्यङ्ग्यका आठसिलोके मट्याङ्ग्राहरू हानेर ‘गजवाष्टक’का जनकले एउटा आफ्नै खालको इतिहास बनाएका छन् । यी मट्याङ्ग्राहरूले मनग्गे भ्रष्टाचारीहरूका निधारमा ठूल्ठूला टुटुल्काहरू उठाएका थिए । हो, ती टुटुल्काहरू अवश्य पनि सामयिक थिए, समयसित नछुट्टिने गरी टाँसिएक थिए, तापनि कतिपय छेडखानहरूले समयको साँघुरो सीमालाई सबैकालागि फड्किने र आफूलाई शाश्वता बनाउने नमूना पनि यी गजवका अठपहरियाहरूको पल्टनले दिएकै छ ।

२०२९ साल पञ्चपरमेश्वरको परम पूर्णताको, तेजस्विताको र ताण्डवनृत्यको समय थियो । त्यसैको पञ्चाग्निमा पिल्संदै पिढींदै र पेलिँदै सोह्र हरफे छेडपेचहरूको पल्टन प्रस्तुत हुन थालेको हो । पञ्च प्रशासनको प्रेताचार, पापाचार र परपीडालाई पद्यमय प्रकाशनमा पञ्जीकृत गर्नु ‘गजवाष्टक’को ऐतिहासिक दायित्व हुन पुग्यो । गम्भीर आलोचना हुँदाहुँदै पनि, प्रस्तुतिको तिख्खरता छँदाछँदै पनि र जनपक्षीयताको आवेग भुल्भुलिँदा भुल्भुलिँदै पनि हलुका लयात्मकता र भर्पाई मिश्रीत भाषिकताको सिलोक कथाइका वाह्य आवरणमा स्वच्छन्द बग्न पायो यसले, ठटाउन पायो ढन्डेसो खुस्कुन्जेल रुढिवादलाई यसले र दगल्च्याउन, लत्याउन र लछार्न पायो बेस्मारी प्राधिकारीवादलाई यसले, प्रतिगामितालाई यसले, पञ्चमाङ्गितालाई यसले ।

आज जब जनतन्त्रको अभ्युदय भइसकेको छ, जनविरोधी निर्दलीयता इतिहासको ढुँडी भईसकेको छ र एकोहोरा निर्दयता, निर्देशन र निमोठनामोठपना बिस्मृतिमा विलीन भइसकेका छन् ‘गजवाष्टक’को महिमा शिथिल, प्रभावहीन र अप्रासंगिक मानिन सक्ला, तर ठालुहरूलाईृ ठेगान लगाउने यसको भूमिका र निमोठनामोठपना विस्मृतिमा विलौन भईसकेका छन । ‘ गजवाष्टक ’ को महिमा शिथिल, प्रभावहीन र अप्रासांगिक मानिन सक्ला, तर ठालुहरूलाई ठेगान लगाउने यसको भूमिका ‘युगज्ञान’का प्रत्येक अङ्क पढने पाठकमा जाहेर थियो । इतिहास एउटा जिउँदोजाग्दो चित्र हो, जो रातो रगतले लेखिएको थियो र त्यसका ढुकढुकीलाई ‘गजवास्टक’का एकएक पंक्तीले आत्मसात गरेका छन् । हिजोका अनुभव तिनमा भरिएका छन् । तिनको वर्णनलाई ह्दयङ्गम गर्न सक्नु जीवनलाई वुझ्नु हो, हिजोलाई बुझेर भोलिको उज्यालाका लागि प्रेरणा लिदै आज कर्तव्यनिष्ठ हुनु हो । ‘गजवाष्टक’ यही राष्ट्रिय हुटहुटीको बाहक भएको छ ।
नकरात्मकता र नैराश्यको समयलाई एक सिलोकले यसरी झटारो हिर्काएको छ ः
नानीमैयाँ––पुहातु पो नेता हुन थाले
नेता भन्ने चाहिं अब फेटा बाँध्न थाले

अनि त्यसको परिणाम के भयो त ? राजनीतिको शिथिल र रोगी अवस्थाले गर्दा ः
यति गर्ने उति गर्ने भन्दै दिन गए
अब भनिकन हेर्ने हेर्दै रहे
छेपारोको कथा गर्ने कथा गर्दै रहे
पक्कीघर बन्दै गए हेर्ने हेर्दै रहे
विरोधमा कुद्नेहरू ठन्डा हुँदै गए
नेताजीले ठाउँ छाडे हेर्ने हेर्दै रहे
बाङ्गोटिङ्गो जान्ने बाठा उक्लिदै नै गए
सोझो बाटो हिड्ने सोझा टवाल्ल पर्दै रहे

इतिहासको एउटा पृष्ठलाई गहिरिएर हेर्नु राष्ट्रलाई चिन्नु हो । ‘गजवाष्टक’ले राष्ट्रिय परिचयमा आफ्नो योगदान राम्ररी गरेको छ ।

सरस्वतीनगर, चाबेल, काठमाडाैँ
२०५१ मङ्सिर १९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पिँडालीलाई यथोचित

पिँडालीलाई यथोचित

डा. तारानाथ शर्मा
म दाम्लो बाँध्दिनँ

म दाम्लो बाँध्दिनँ

डा. तारानाथ शर्मा
म दाम्लो बाँध्छु

म दाम्लो बाँध्छु

डा. तारानाथ शर्मा
डाढो

डाढो

डा. तारानाथ शर्मा
0
Would love your thoughts, please comment.x
()
x