साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेल गौरीलाई पत्र

Nepal Telecom ad

प्रिय मेलगौरी
समाजलाई डोर्याउँदै
युद्धको उन्माद फैलिरहेछ
सबल छहारा झैँ
पिशाच मानिसहरु बगाउँदै
नयाँ युग सञ्चार गरेर
बाँझो युग भिजाउँदै छु
तातो रगतले

क्रान्ति साध्य साधन गरेर
चिन्तनको चिमाल फुलाउँदै
वैचारीक गुलाफझैँ फुलेर
बढिरहेछु अघि
प्रिय मेल गौरी
जिन्दगीको पसिना पिएर
आफ्ना दौंतरीहरु सँगै
अठ्याउँदै विचारका पहाडहरु
उक्सँदो उर्लदो मेलहरुझैँ
अभिलाषा फक्राइरहेछु
म एक गरीब ज्यापु
आफ्नो कर्तव्यठानी
यात्रामा निस्केको छु
मनमा तरङ्ग उडिरहन्छ
हेमन्तको धुवाँ झैँ
एकपछि एक गर्दै
उवाले बनाएकी भ¥याङ्ग चढिरहेछु
अटुट बमवषाका झरिहरुमा
युद्धहरुको छालमा टेकेर हेरिरहेछु
मेरो नेपाललाई
उवाले लेखेकी पत्रहरु
मेरा हृदयमा टङ्कित हुन्छन्
अनि
तिमीलाई प्रेमपत्र लेखिरहेछु
एतिवेला
झ्याङ थाङबाट
पत्र
धाराप्रवाह बगिरहेछ
तिम्रो कथामा
दारी फिँजाएर
म सुचित गरिरहेछु
मलाई तिम्रै चिन्ता लागिरहेछ
जुगाहरुले चुस्लान भनेर
धेरै कष्ट गरेर
रौद्र नदीलाई थुम थुम्याउँदै
क्रान्तिकारी योद्धा जस्तै
मुटुलिएर हजारौं सङ्कट खेपेकी तिमी
प्रिय मेल गौरी
मैले हेरिरहेछु एकटक
प्राणको धुकधुक खपेर
अस्थिर व्वाँसाहरुले
मेरो मुटुमा जति परेड खेलेपनि
स्पात बनाई सकेका छन्
गोलीले बनाएका प्वाल टाल्दै
युद्ध मैदानमा रमाइरहेछु
मेरी मेलगौरी
सिसिरको ठण्डीको प्रवाहनगरी
हरेक दिन विहान
तिम्रै प्राथना गरिरहेको हुन्छु
मृत्युलाई पहाडझैँ उभ्याएर
ओसिलो जङ्गलमा
मेरा आन्तरिक आसुँहरु
पँधेराको पानीझैँ झर्छन
मेरा छोरीहरुलाई
पढाउन नपाउँदा
सँगै खान नपाएका गाथाहरु
म बिर्सिदिन्छु र
राइफल बोकेर
अन्कन्टार पहाड उक्लिरहेछु
म नयाँ वर्ग
निर्माण गर्न
आँधि व्यारी भएर
मैदानमा उत्रिएको छु
प्रिय मेलगौरी
मेरो मृत्युमा
गोलभेँडाझैँ हाँस्नु है
तिमी फुली सक्यौ हौली
घुर्चीझैँ लटरम्म
हजारौँ कोस सम्म
तिम्रो मग मग वास्ना आइरहन्छ
आफुले आफैलाई
सहानुभुतिको ढोकालगाएर
उवाको भञ्ज्याङ्गतिर लम्किरहेछु
वुद्धिमत्तापूर्ण
तिमी बौरेर
क्रान्तिको लाल्टिन बाल्नु
आजबाट बसन्त फेरिदै छ

युद्धका निम्ति अत्यावश्यक
सामग्री लिएर आएको छ
अमरत्वको गोली लिएर
मूर्ख मानिसहरु
विक्षिप्त सपथ ग्रहण गरेर
हाम्रो आस्थालाई हेलागरिरहेछन्
तिम्रा रगतहरुलाई
हरेक पल्ट आन्तरिक गडबड गरेर
आफैँ सत्यानासी भएर
तिम्रै वीरताको अपमान गरिरहेछन्
प्रिय मेलगौरी

मेरो दुःखमा हाँसझैँ
रमाउनु तिमी ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x