साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दूर्योधनका सहोदरहरू

Nepal Telecom ad

दूर्योधनका र उसका सहोदरहरू
यसबेला पीडा पस्किरहेकाछन् |
कहिले कपिलवस्तु
कहिले सिराहा र सप्तरीका
ढाड र अंगहरुमा
कहिले कालजयी वस्तीहरुमा

भैयाहरु फेरी पनि
गौर वाल्झाउने तयारीमा छन् |
२३औ प्रान्तका संवाहक
घरमा नाग र कुश टाँसी रहेकाछन् |
तिनीहरु हातहरुमा
जवर्जस्ती नै भए पनि
दानावधु वानिरहेका छन् |

केही भेटीमा
केही लोभ र सन्त्रासमा
आफूलाई त्वम शरणं गरिरहेका छन् |
जताततै आगो वालेर
नुनको सोझो गरिरहेका छन् |
घर न घाट भएको दूर्योधन
वस्ती -वस्तीमा पसेर
फेरी पनि महाभारतको ब्यूह रचना गरिरहेका छन् |

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x