साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ

Nepal Telecom ad

खोपडीभित्रको गिदी गिद्धहरूलाई चढाएर
पुटुक्क परेको ज्यान कुर्सीमाथि लडाएर
हाम्रा माननीय सभासद्हरू
सम्विधान बनाउन छटपटाइ रहनुभएको छ
उडौंला उडौंला जस्तो गरेर
ब्रोइलर पखेटा फट्फटाइ रहनुभएको छ
खबरदार साथीहरू हो हल्ला नगरौं !
उहाँहरू केही न केही गरेको गर्यै हुनुहुन्छ
पिँधमा प्वाल परेको घ्याम्पो भरेको भर्यै हुनुहुन्छ
तलवभत्ताको भर्पाइमा नियमित हस्ताक्षर जनाउँदै हुनुहुन्छ
उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ ।

कोही भित्र पस्दै हुनुहुन्छ
कोही बाहिर निस्कँदै हुनुहुन्छ
कोही कुर्सीमा उङ्दै हुनुहुन्छ,
कोही शौचालय सुङ्दै हुनुहुन्छ
सुत्केरी हुन लागेकी गौ माताझैं
कोही बारम्बार उठ्तै–बस्तै हुनुहुन्छ ।
बिक्रीको लाइनमा जो हुनुहुन्छ
खसी बोका भन्दा सस्तै हुनुहुन्छ
हल्ला नगरौं साथीहरू हो !
कोही आफ्नो रातो पासपोर्टमा अर्कैको फोटो टाँसेर
इमिग्रेसनमा छाप हनाउँदै हुनुहुन्छ
उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ ।

खैनी माडेर धुलो फैलाउँदै हुनुहुन्छ कोही
ग्याँस्टिकको दुर्घन्ध छाडेर सभा मैल्याउँदै हुनुहुन्छ कोही
आज साँझ कुन रेष्टुराँमा नयाँ नेपाल निर्माण गर्ने
योजना बनाउँदै हुनुहुन्छ कोही ।
नुहाउनै नभ्याई सभामा आउनुभएछ क्यारे
मसाज सेन्टर गनाउँदै हुनुहुन्छ कोही ।
बित्थैमा कुनै आरोप नलगाउनोस् साथी उहाँहरूलाई !
उहाँहरू केही न केही गर्दै हुनुहुन्छ
दिनदिनै जाग्दै फेरि मर्दै हुनुहुन्छ
मुलुकलाई मलखाडी बनाउन
धमाधम खाडल खनाउँदै हुनुहुन्छ
संसदीय सुके लुतो कनाउँदै हुनुहुन्छ
उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ ।

घाँटी माडेर मयल झार्दै हुनुहुन्छ कोही
औलौ घुसारेर नाकको प्वाल ठूलो पार्दै हुनुहुन्छ कोही
कोही तुरतुरे लागेको रोगी झैं
पटकपटक ट्वाइलेट जाँदै–आउँदै हुनुहुन्छ
कोही मनमनमा ‘शिलाकी जवानी’ गाउँदै हुनुहुन्छ ।
शान्त बसौं साथी हो, बाधा नगरौं !
कोही भर्खरै भित्र्याएकी कान्छीसँग
भ्यालेन्टाइन डे मनाउँदै हुनुहुन्छ
उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ ।

सिनामङ्गल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x