साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहरमा पसिना

Nepal Telecom ad

मगमगाउँछ पसिनाको गन्ध
तिमीले रोपेको फसलबाट
किन ठस्स गन्हाउँछ हँ
सहरलाई तिम्रो पसिना ?

तिम्रो पसिनाको बिरुद्ध
पसल थापेको छ सहरले
बेच्दछ महँगोमा
पसिना भन्दा नमिठो परफ्यूम ।
पसिना भन्दा सुगन्धित
कुन सुगन्ध छ संसारमा ?
परिश्रम भन्दा मिठो
कुन फल छ संसारमा ?
छिनमै हावामा बिलाई जाने
परफ्युम भन्दा
जीवन जगतमा मगमगाई रहने
पसिनाको सुगन्ध सुँघी हेर ।

सहर, मान्छे भन्दा बाठो,
ब्यापार, मान्छे भन्दा चतुर
तिम्रै पसिना सस्तोमा किनेर
रंगीचंगी स्टिकर टाँसेर
महँगोमा बेच्दछ सहर ।
लाज पचेका सहरका मानिसहरु
पसिनाको मुल्य थाहा नपाए जस्तो गर्दछन् ।

सहरका मानिस
पसिनाले नै घाँटी रसाउँछन्
सहरको सबै झिलिमिली
पसिनाकै मोती दाना हुन् ।

पसिनाको स्वाद नूनिलो हुन्छ ।

‘नूनको भारा तिर्न गाह्रो हुन्छ’– परम्परा बोल्छ ।
कसरी बिर्सन सकेका हुन्
सहरका मानिसहरुले परम्परा ?

लन्डन, बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विमोचन

विमोचन

कृष्ण बजगाईं
सम्बन्ध

सम्बन्ध

कृष्ण बजगाईं
पुतलातन्त्र

पुतलातन्त्र

कृष्ण बजगाईं
पाँच हाइकु

पाँच हाइकु

कृष्ण बजगाईं
शोकतन्त्र

शोकतन्त्र

कृष्ण बजगाईं
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x