दीपेन्द्रसिंह थापामेरी उनी
कालो रात अनि अत्यासलाग्दो अँध्यारोको
निस्पट्ट दीर्घता
नसकी सहन छटपटाउँदै गर्दा
भेटिन्छिन् उज्याली उनी
र अँगाल्छिन् मलाई
एकाएक शीतल हुन्छु
अनायास शान्त बन्छु
मेरी सोच उनी
मेरी सौन्दर्य उनी
मेरी सुख उनी
भेटिएपछि उनी
सम्भव छ हर सम्भावनको बीजारोपण
उनी मेरी उर्वर आकाङ्क्षाा
उनी नै मूल्यवान् महत्वाकाङ्क्षा
अनैसँग रम्न सक्छु
उनैसँग खुल्न सक्छु
ढुक्क छु
प्रस्ट छु
पाएर उनकै उज्यालोको आभास
सँगालेर उनकै प्रेममय प्रकाश
क्रमशः
अग्नन्छ मेरो यात्राको उचाइ
टाढा पुग्छ मेरो दृष्टिको फैलाइ ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































