साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा दासको घोषणा–पत्र

Nepal Telecom ad

राष्ट्रिय कविता महोत्सव–२०७२ मा तृतीय हुन सफल कविता

आफ्नै चिहानमाथि चुपचाप निधाइरहेको
यस युगको असली दास हुँ म
कोर्रा लगाएको छैन आज
तर कुटिएको छु आफ्नै हातले
नेल देख्दिनँ खुट्टामा
तर बाँधिएको छु आफ्नै मस्तिष्कले
निधारमा छैन कुनै मूल्यसूची
तर बेचिएको छु प्रत्येक पल
यो तातो पृथ्वीलाई पसिनाले पगालेर
सभ्यताको पहिलो जग बसाउने म
आज हिँडिरहेछु हरेक साँझ बास माग्दै
नङ्ग्राले धर्ति खोस्रिएर सिसमहल बनाउने म
आज मागिरहेछु आफ्नै लास छोप्ने
एक चपरी माटो
युगौँ युगपछि आज
यो सुनसान मसानघाटबाट ब्यूँझेर
सोचिरहेछु
म सँग किन छैन
स्वतन्त्रताको एक मुठी सास ?
किन बेचिन्छु पुस्तौँ पुस्ता ?
अब जान्छु
मेरा पुर्वजहरूको चिहान खोज्न
मृत्यु पर्यन्त पनि साङ्लामै बाँधिएका
करोडौँ कङ्कालहरू जम्मा गरेर सोध्छु
आखिर कसले बनाएको हो यो संसार ?
आल्पस पहाडमा रोमसँग लड्दालड्दै
हारेर पनि संसार जितेका
स्पार्टाकसका अदम्य छातीका टुक्राहरू
जम्मा गरेर सोध्छु
कसले जितेको हो दुनियाँ
दास मालिकले कि तिमीले ?
इजिप्टको पिरामिड बनाउन
नाइल नदीबाट ढुङ्गा बोक्दाबोक्दै
रगत सकिएपछि फालिएका
लाखौँ इजिप्टसियनका हाडहरू
उत्खनन् गरेर सोध्छु
कसले बनाएको पिरामिड ?
बादशाहले कि तिमीले ?
ताजमहलमा
सिङगमर्मरको समाधिस्थल बनाउँदा बनाउँदै
पाउजुको पासोमा जीवन सुम्पेका
हजारौँ निर्दोष कालीगढका हाडहरू
जम्मा गरेर सोध्छु
कसले बनाएको यो महल
मुगल सम्राटले कि तिमीले ?
ग्रेटवालको पर्खाल बनाउन
पर्वत फोडेर ढुङ्गा निकाल्दा निकाल्दै
प्रत्येक सिँडीमा आफँै ढुङ्गा बनेका
लाखौँ दासहरूको अस्थिपञ्जर बटुलेर सोध्छु
कसले बनाएको यो ग्रेटवाल
महाराजले कि तिमीले ?
आफ्नै खप्परको सिरानी हाली
चुपचाप निधाउन विवश
म यस शताब्दीको इमान्दार दास
पुर्खाको कङ्काल साक्षी राखेर
अब अस्वीकार गर्छु दासत्व
चुडाउँछु अदृष्य जञ्जीरहरू
र लेखिदिन्छु आफ्नै रगतको मसीले
यो गोलो पृथ्वीको निधारमा
‘यो संसार मेरो हो ।’

महाेत्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अस्तित्व

अस्तित्व

राजु स्याङ्तान
नेपाल यातायात

नेपाल यातायात

राजु स्याङ्तान
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x