साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ कविता कोर्दै थिए कविज्यू

Nepal Telecom ad

कवितामा–
आकाश
बादल
पुतली
फूल
बर्सात
र, थिए अन्य अनेक–अनेक ।

कविले
आकाशको अनुहार सिँगार्न
आकाशैभरि फूलबुट्टे बादल झुन्ड्याइदिए
गज्जब देखियो आकाश !

कविले
बादलमा प्राण भर्न
पुतलीको उन्मुक्त उडान थपिदिए
बादल निर्बन्ध उड्न थाल्यो ।

पुतलीलाई झन् सुन्दर बनाउन
पुतलीको जिउभरि
फूलको रङ्ग छर्किदिए कविले ।

र,
फूल रमाएको हेर्न
फूललाई बर्सात्को रिमझिम सुनाए
फूल रमाउँदै नाच्न थाल्यो ।

कविले,
छिन–छिनमा रुन खोज्ने बर्सातलाई
निस्सिम आकाश देखाए
बर्सात् सुरिलो गुनगुनाउन थाल्यो ।

यसरी–
आकाश र बादल
बादल र पुतली
पुतली र फूल
फूल र बर्सात्
बर्सात् र आकाशलाई एक–आपसमा जोडे जस्तै
एउटा कविले
थुप्रै–थुप्रैबीच स्थापना गर्छ प्रेम ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x