वासुदेव पाण्डेयकि खाने गर्छ सालोले
सबैको देहको रक्षा गरेको हुन्छ टालोले
‘फलेको झुक्छ है’ भन्ने चिनारी दिन्छ बालोले ।
भए आडम्बरी मान्छे बढाई भन्दथ्यो होला
म साँच्चै बाघको बच्चा कहाँ भन्थ्यो बिरालोले ।
पुगे गिर्दो अवस्थामा धकेल्छन् मित्र नै धेरै
परीक्षा लिन्छ फोक्सोको सधैकक ठाडो उकालोले ।
छ कस्तो वासको माया खटी एक्लै सुरक्षामा
डटेमा माकुरो खाना थुनेको हुन्छ जालोले ।
गए खाडी पढीलेखी नमोली पाउ नेताका
कि खाने नोकरी भान्जो कि खाने गर्छ सालोले ।
सबैको भूमिका बेग्लै हुने यो जिन्दगानीमा
मलाई शब्दको खेती सिकाएथ्यो निगालोले ।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































