साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिल्लीका दासहरू

Nepal Telecom ad

दासहरू,
दिल्लीमा दासताको सलामी चढाउँछन्
र दरभंगामा कालाबजारीको भात हसुरेर
दशगजाबाट
देशमाथि ढुङ्गा बर्साउँछन्
दिल्लीका दासलाई
दास हुनुको पनि मजा छ
अरुलाई दास बनाउँदा पनि दंगदास छ
किनभने
दासताको पुजारी
दास नै हुने गर्छ
आफु दास हुनुको हिसाब
ऊ अरुलाई दास बनाएर असुल्छ ।
दिल्लीका दासहरू
मालिकसँग लम्पसार पर्छन्
तिनका चरणमा चँवर डोलाउँछन्
जिब्राले पैताला चाट्छन्
र आफ्नै जातिका निरीह औ महिलालाई
आफ्ना चाकर ठान्दै
तिनमाथि दासताको घोडा चढ्छन्
जसरी श्यालको सिङ भेटिन्न
उसैगरी
दासहरूका शब्दकोशमा
स्वाभिमानको अर्थ भेटिन्न
उनीहरूलाई
दास हुनुको पनि ग्लानि छैन
र आफु जस्तैलाई
दास बनाउनुको पनि परिताप छैन
जसरी साष्टाङ्ग दण्डवत्मा
प्रभुका गोडामा लमतन्न पसारिन्छन्
ठिक त्यसैगरी
रैतीका निधारहरूलाई
यिनले आफ्ना पयरको सिरानी दिन्छन् ।
दिल्लीका दासहरू
विधवा आफ्नी आमालाई अलच्छिन ठान्छन्
उनीहरूले छोएको वस्तुमा छोइछिटो गर्छन्
दाइजोे नल्याएको निहुँमा
मट्टितेलले स्वास्नी सल्काउँछन्
पुत्री जन्मिँदा अघोर तापमा हुन्छन्
यिनले मागेर पाउने भए
संविधानमा सतीप्रथा बहाली गर्छन्
छोरीको भ्रुणहत्याका निम्ति
विधेयक पारित गराउँछन् ।
यिनले
महिलालाई मान्छे मान्दैनन्
दलितलाई मान्छे गन्दैनन्
यी छुवाछुतका पालकहरू
दलितलाई इनारमा पानी भर्न दिँदैनन्
धर्मका यी ठेकेदारहरू
विधवा र दलितलाई मन्दिर छिर्न दिँदैनन्
धर्म भने यिनकै मानि दिनु पर्छ
यिनैलाई ईश्वर ठानि दिनु पर्छ
तर यिनका मन्दिरमा
पसे भने कुनै विधवा आमा र दलित
यिनीहरू
गंगाजलले मन्दिर चोख्याउँछन्
पुराण लगाएर धर्म बचाउँछन्
आपूmलाई जन्माउनेप्रति कृतघ्न दासहरू
आफ्नै विधवा आमालाई बिटुलो देख्छन्
आफ्नै दलित छिमेकीलाई अछुतो मान्छन्
मातृशक्तिमै घृणा छ यिनीहरूलाई
विदेशीको कलो खाएर
हान्छन् ढुङ्गाले
पराई देशबाट आफ्नै मातृभूमिलाई
विदेशीका नारा बोकेर स्वदेशमा
साम्प्रदायिक युद्धको घोषणा गर्छन्
यिनले आमालाई बोक्सी भन्छन्
बहिनीहरूलाई वेश्या देख्छन्
यी दासताका पालकहरू
दुधले आफ्ना गोडा धुवाउँछन्
र तिनकै मस्तकमा शिर छुवाउँदै
दिल्लीका मालिकहरूको शरणमा पर्छन्
र तिनकै चरणको धुलो चाट्छन् ।

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x