साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो हजुर !

Nepal Telecom ad

उहाँ भन्नुहुन्थ्यो म मात्रै खटेको
नखाई नलाई सधैँ नै डटेको
जहाँ जेसुकै होस् उहाँ नै अगाडि
अहो ! धन्य चोला म आफू अनाडी ।।

सधैँ एक चिन्ता उहाँको मुहार
कहाँ को लडाई थुनूँ मुख्य द्वार
नआऊन् अरू बन्द ढोका सुटुक्क
उहाकै छ चिन्ता सबै ठाउँ ढुक्क ।।

कहाँ हुन्छ खाली त्यहीँ छिन्न कुर्सी
उहाँकै छ चासो अरू काम बिर्सी
कि पेसा कि पार्टी कि नाता छ चाङ
जहाँ ठिक्क हुन्छन् तिनै छन् भर्याङ ।।

कतै खर्च लाग्ने भए होस गुम्छ
निकै सोर्स लाग्ने भए जोस छुन्छ
गमक्कै छ चाला निराला उठान
उहाँकै सधैँ खट्न सक्ने बयान ।।

अरू मूर्ख हुन् स्वार्थका टाकुरा हुन्
नखट्ने र अल्छी कुराका छुरा हुन्
कुनै मार्गमा हिँड्न सक्दै नसक्ने
अरू ढुल्मुले हुन् उहाँ नै त सक्ने ।।

बिगारे अरूले सपारे उहाँले
बिना कामको याम कस्तो मजाले
अहो ! भाग्यमानी उहाँ मात्र एक
म आफू अनाडी उहाँमै विवेक ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x