साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढ्याको कवित्

Nepal Telecom ad

ऊ जति स्वतन्त्र
को छ र ?
भनेको
मान्दैन
नभनेको मात्र गर्छ
हेर्दा
अजङ्गको जूरो उचाल्छ ।

हानुलाझैँ गरी
तीखा तीखा सिङ
तेसमाथि
सुवर्ण–अक्षरले मोरिएका सिङ
छुन पनि सकिदैँन
मिल्दैन, जातै जाने हो कि जस्तो !

डामेर छोडेका साँढेलाई
समात्ने हुती कसको ?
ऐँचमा छैन,
समागमको रति–पीडाले
चटारिएका गाईहरू
यसका वरिपरि
झुमेका छन् ।
यसबेला छेउ लागेर
हिँड्न पनि हुँदैन,
मात्तिएका साँढेहरू
रति–रागमा मदान्त छन् ।

चौकुन
सीमानाको के कुरा ?
सिमाना पर्खाल
नाघ्दै हिँड्ने
उसको स्वभाव छ
पिताम्बरधारी
स्वयम् नारायणकै अवतारमा
साँढ्या भरखरै हो
तीर्थाटनमा निस्किएको छ ।

यसबेला
नारायणः नारायणः नारायणः
मात्र गर्न सकिन्छ
पाउ पर्न मात्र सकिन्छ
कविता चढाएर
आचमनी मात्र गर्न सकिन्छ
अक्षेरको अच्छेता चढाउने
वा
शब्दको भर्याङ बनाएर
स्वस्ती गाउने हो
कविजी !
अब पालो तिम्रै परेको छ
साँढ्यालाई
कवित
सुनाउने !

इमाडोल–९ ललितपुर
(‘साँढ्याको कवित्’ शृङ्खलाबद्ध कविताको तेस्रो अंश।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x