साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का– १४

Nepal Telecom ad

पेट्रोल फेला पर्यो भने…

सरकारले पेट्रोल खानी खोज्न सुरु गरेको छ । मानिलिऊँ पेट्रोल खानी फेला र्पयो । त्यसपछि के हुन्छ ? त्यसपछिका घटनाक्रमको एक विवरण :

– सरकारले पेट्रोलियम बोर्ड गठन गर्ने योजना ल्याउँछ । बोर्ड गठनका लागि कानुन बनाउन चार–पाँच वर्ष लाग्छ ।

– बोर्ड गठन कानुन बनेपछि नियुक्ति सुरु हुन्छ । दलीय भागबन्डा मिलाउन दुई–तीन वर्ष लाग्छ ।

– कुन पार्टीले बोर्ड गठन गर्ने भनेर उखरमाउलो विवाद हुन्छ । बोर्ड कब्जा गर्नकै लागि सरकार पल्टाउने र बनाउने खेल चल्नेछ ।

– विदेशबाट पेट्रोलियम ल्याएर बेच्ने आयल निगम त्यति मालामाल छ भने स्वदेशमै पेट्रोल निकाल्ने बोर्डमा कति माल खान पाइएला ? पुनर्निर्माण प्राधिकरणमा जान नमानेका कर्मचारीहरू पनि पेट्रोलियम बोर्डमा जान तँछाडमछाड गर्नेछन् । यो कामका लागि अरू दुई–तीन वर्ष लाग्नेछ ।

– बोर्ड गठन भएपछि पेट्रोलियम निकाल्न टेन्डर खोलिनेछ । टेन्डरमा विवाद हुनेछ । सर्वदलीय भित्री सहमतिपछि कुनै विदेशी कम्पनीले टेन्डर पाउनेछ । यो कामका लागि चार–पाँच वर्ष लाग्नेछ ।

– ठेकेदार कम्पनीले काम थालेपछि बन्द, हडताल र स्थानीयको अवरोधले काम अगाडि बढ्ने छैन । अलिअलि काम हुन्छ, रोकिन्छ ।

फेरि काम हुन्छ, रोकिन्छ । यसरी युग बित्नेछ ।

– पेट्रोलियम निकाल्न नदिन भारतले चलखेल गरेपछि हाम्रो राष्ट्रियता हलक्कै जाग्नेछ । मेलम्चीको पानी काठमाडौँ ल्याउने योजनालाई पेट्रोलियम निकाल्ने परियोजनाले ढिलाइमा उछिन्नेछ ।

– पेट्रोलियम भेटियो भने हाम्रो नाति होइन, पनातिको पालामा निकालिनेछ । त्यसबेलासम्ममा नयाँनयाँ प्रविधिले गर्दा विश्वमा पेट्रोलियम प्रयोग लगभग बन्द भइसक्नेछ ।

त्यसपछि के हुन्छ थाहा छ ? स्वदेशी पेट्रोलियमको सपनालाई यस्तै खाले अरू कुनै सपनाले विस्थापित गर्नेछ ।

हावाहुरी ढुवानी सेवा

हावाहुरी ढुवानी सेवा ! नामै काफी छ । जताबाट आए पनि नेपालमा हावाहुरी समुद्र भएरै आउँछ । वर्षाको पानी पनि समुद्रबाटै आउँछ । समुद्रबाट आएको हावाहुरीमा घर उडाउने, मोटर पल्टाउने तागत हुन्छ । त्यो तागतको सकारात्मक प्रयोग गरे कसो होला ? समुद्री हावामा हवाईजहाज र पानीमार्फत आकाशै आकाश पानीजहाज चलाऊँ । त्यसमा सामान ढुवानी गरौँ । सस्तोमा अति सस्तो, छिटोमा अति छिटो । यस्तो उपाय लाउन छाडेर सरकार के हेरेर बसिरा’छ ? प्रधानमन्त्री ओली किन यो विषयमा चुप छन् ? हावाहुरी र वर्षाको पानीमार्फत नेपालले अपूर्व ढंगले पारवहन अधिकार प्रयोग गर्न सक्छ । न नाकाबन्दीको डर, न कसैको पर्नुपर्छ भर, हावा र पानीले गर्छ नेपाल र नेपालीको उद्धार !

प्रधानमन्त्री ओलीज्यू !
लौ न, यो उपाय लगाइहालौँ । यसका लागि एउटा आयोग बनाइ हालौँ ।

पहिचान पढौँ, नेता चिनौं
इलाम हरित सहर, दमक व्यापारिक सहर, धनगढी औद्योगिक सहर.. सहर अनुसार पहिचान विकास गर्ने रे सरकारले । पहिचानको लहर छ, सबैभन्दा धेरै पहिचान नेताको छ । पहिचान बतायो भने त्यो पहिचानको नेता को हो भन्ने जनताले ट्वाक्कै ठम्याउँछन् । ल पढौँ केही नेताको पहिचान अनि आफै चिनौँ ती नेता को हुन् ः

१. आफैँ प्रधानमन्त्री बन्छु भन्दा दिँदैनन्, उसलाई प्रधानमन्त्री बनाउँछु भन्दा मान्दैनन् । चुनाव जितेँ, भारत घुमेर आएँ, खोइ मैले के पाएँ ?

२. बिहान एउटा पार्टीसँग मिलेर सरकार ढाल्न खोज्ने, बेलुकी ‘मने मने’ गर्दै त्यही सरकारसँग मिल्ने । प्रधानमन्त्री पदको आश गर्ने तर आँट नगर्ने ।

३. जहिलेतहिले चुनाव हार्ने, रुन्चे भाषण गर्ने ।

४. उत्तर कोरिया आदर्श हो, आजीवन पार्टी अध्यक्ष म नै हो ।

५. विगतको राम्रो कामजति मैले गरेको, नराम्रोजति अरूले गरेको । अरू सबै कमसल, म मात्रै असल । अरू पुरानो शक्ति, म नयाँ शक्ति ।

६. ट्वाक्क उखान भनेर प्वाक्क विपक्षीको मुखमा हान्ने ।

७. देश जतासुकै जाओस्, हामीले भनेजस्तो प्रदेश आओस् । छिमेकीको वरदान, निहुँ खोज्नु हाम्रो पहिचान ।

यस्तो पहिचान भएका नेता ठ्याक्क चिन्न सक्नुभएन भने तपाईं सच्चा नेपाली नै होइन !

नेपाल, जेष्ठ १३, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x