साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुत्ता किन्ने निर्णय

Nepal Telecom ad

नाङ्गो खुट्टा घोटेर
बाध्यताका बाटाहरूमा
जिन्दगी नभेटेपछि
मैले जुत्ता किन्ने निर्णय गरेँ ।

नाङ्गो आङ नढाकि
नाङ्गो खुट्टा नछोपि
मेरो जिन्दगीको मुल्यभन्दा पनि महँगा
पुस्तक पढेर
मैले कुन हिमालको उचाई भेटुँला र ?
त्यसैले मैले जुत्ता किन्ने निर्णय गरेँ ।

भुइँचालोले सपनाहरू भत्केका छन्
आशाहरू धुलो धुलो भएर
बालुवाजस्तै
कनिकाले छाक टारेको धेरै भयो ।
भोको पेट बोकेर
तिम्रो भजन पढ्न असमर्थ छु
त्यसैले मैले जुत्ता किन्ने निर्णय गरेँ ।

म राहत बाँड्न जानु छ लेखकज्यू
पुनर्निर्माणमा खटिनु छ
गोर्खा सिन्धुपाल्चोकतिर
एक जोर जुत्ता लगाएर ।
छोप्नुछ पैतालाका पुराना घाउहरू
त्यसैले मैले जुत्ता किन्ने निर्णय गरेँ ।

किनेर
राख्ने ठाउँ छैन तिम्रो पुस्तक
पढ्ने फुर्सद छैन तिम्रो बिचार
अरुकै बिचारहरू पढ्दा पढ्दै
मेरा बिचारहरू मरे जस्तै भाछ ।
अब तिम्रो बिचार मैले पढ्ने हैन
मेरो बिचार तिमीले पढ्नु पर्छ ।

किनेर
खै कहाँ राखुँ तिम्रो पुस्तक
खुल्ला आकासमुनि छु
झरिले भिज्न सक्छ ।
कुच्चिन सक्छन् तिम्रा शब्दका पुलिन्दाहरू
म ढुङ्गाको सिरानी हालेर सुत्छु ।

म, मेरो स्वाभिमान भिजाएर
तिम्रो पुस्तक जोगाउन सक्दिन होला
बरु जुत्ता लगाएर
पुग्नेछु ती विकट गाउँ र बस्तिहरूमा
चेतना बोकेर
पहाड़ र कन्दराहरूमा
मलाई दुबो जोगाएर बनमारा फाँड्नु छ
त्यही जुत्ताले कुल्चिएर ।
त्यसैले मैले जुत्ता किन्ने निर्णय गरेँ ।

म नाङ्गिएको बेला
तिम्रा पुस्तकका पन्नाहरूले
लाज नढाक्ने भएर
म भोकाएको बेला
तिम्रा पुस्तकका पन्नाहरू चपाएर
भोक नमर्ने भएर नै हो
मार्फत गर्नुहोला लेखकज्यू
मैले तिम्रो पुस्तकको सट्टामा
जुत्ता किन्ने निर्णय गरेँ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष त आयो तर नयाँ के आयो ?

नयाँ वर्ष त आयो...

श्रीराम अधिकारी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x