साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुनर्जन्म

Nepal Telecom ad

“सपना मरेका कारणले फेरि मृत्युलोकमा नपठाइएका मृतात्माहरूको संख्या अत्याधिक रुपमा बढेर गयो यमलोकमा, अब यी निकृष्ठ मृतात्माहरूको कसरी ब्यबस्थापन गर्ने होला भगवन ?” यमलोकको नियमित बैठकमा दुई हात जोडेर चित्रगुप्तले आदेश मागे धर्मराजसँग ।

“किन ? अवस्था चिन्ताजनक मोडमै पुगिसकेको छ र ! चित्रगुप्त ?” धर्मराजले निश्चितता खोजे ।
“हो भगवन । नत्र ससाना कुरामा ब्यर्थको जाहेरी लिएर किन उपस्थित भै रहने धृष्टता गर्ने थिएँ र ! प्रभु ।” चित्रगुप्तले उसै गरि कर जोडेर अर्जि गरे ।

चित्रगुप्तका कुराले केहिबेर धर्मराज पनि चिन्तित देखिए र चिन्तामग्न भए अनि केहीबेरको चिन्तन पछि नै उज्यालो अनुहार बनाएर भनें– “उसोभए सपना मरेका सबै निकृष्ठ मृतामाहरू जतिलाई मर्त्यलोकको नेपाल भन्ने देशमा लेखक, पत्रकार, कलाकार, राजनीतिज्ञ, चिन्तक, समाजशास्त्री, अर्थशास्त्री आदिको छद्मरुपमा पठाइदिनू..”– धर्मराजले निकास दिए ।

यस्ता मृतात्मालाइ पुन मर्त्यलोकमा पठाउँदा आफ्नो दायित्व तथा कार्यबोझ घट्ने कल्पनाले उत्साहित र अलिकति दुबिधा मनमा रहेका चित्रगुप्तले जिज्ञासा राखे– “यिनीहरूले के गरिखालान् त प्रभु मर्त्यलोकमा गएर ?”

“यी टपरटुइयाँहरू दोबाटो, चियापशलमा बसेर तथा फेसबुक, ट्विटर आदिजस्ता समाजिक सञ्जाल तथा पत्रपत्रिकामा लेखेर सपना जिउँदो हुनेहरूको खिल्ली उडाउँछन् वा खोइरो खनेर दिन बिताउँछ्न् ।” –धर्मराजको उत्तर थियो ।

गौरादह– १२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x