साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जजमानको यज्ञ

Nepal Telecom ad

जजमान झल्यास्स भए, ‘जीवनमा कति पाप गरियो गरियो, पछि स्वर्ग गुम्ने त होइन ?!’ उपाय निकाले, ‘यज्ञ लाउनु पर्ला’ गाउँमा पुरेतको के अभाव ?! एक से एक हाजिर थिए । उनले दान–दक्षिणाको छेलोखेलो बगाउने सोंच पनि बानाए– लैनो गाई दिने, भूमि दानको सट्टामा बढेमाको टिवी नै दिने, भएभरका पण्डितलाई दान दक्षिणा दिने, पंच कन्यालाई टिको लाईदिने, गुरुआमालाई पहेँलपुर पारी दिने, … सबकुछ गर्ने । गाउँका नामुद जजमान जो उनी थिए, ईज्जतको कुरो भो । त्यसमाथि त्यसै स्वर्ग हात पनि पर्दैन नि !

लगत्तै गाउँ भर हल्ला फिजियो, ‘जजमानले यज्ञ लाउने भए ।’ पर्दा पछाडि दौडधुप चल्यो– प्रोजेक्ट हात पार्ने । हुँदा हुँदा एकाघरका पुरेतमा पनि हानाथाप हुन थाल्यो । दाइ भन्थ्यो, ‘गाउँको पाको पण्डित मै हुँ ।’ भाइ भन्दै हिँड्थ्यो, ‘दाइ सधैं मातेका हुन्छन् । बानी नै राम्रो छैन । जे ल्याउँछन् आफ्नै बुढीलाई मात्रै पोस्छन् । साँझ पर्यो कि घ्याम्पै रित्याउँछन् ।’ अर्कातिर पुस्तौनी पुरेत थिए । जजमानसँग हिमचिम पनि राम्रै । उनको समस्या अलिक ठालु पल्टिन्थे । त्यसैले लोकप्रिय थिएनन् । अर्को पनि उनको दोष थियो, उनी वाचनमा त्यति काविल थिएनन्– लरबरिन्थे । उनको रणनीति भिन्नै थियो । जजमानलाई साउती गर्न पनि चुक्दैनथे, ‘ख्याल गर्नु होला है, तिनीहरू भन्या मठ्या हुन् । तिनीहरूबाट यज्ञजनित कुनै काम हुनु हुन्न नि !’

जजमानले यज्ञ चाहिं लाउने भए । पुरेतहरू मुख मिठ्याउँदै थिए ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अन्तिम संदेश

अन्तिम संदेश

टङ्क कार्की
पख, म आफैं फाँसी चढ्छु 

पख, म आफैं फाँसी...

टङ्क कार्की
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x