टङ्क कार्कीजजमानको यज्ञ
जजमान झल्यास्स भए, ‘जीवनमा कति पाप गरियो गरियो, पछि स्वर्ग गुम्ने त होइन ?!’ उपाय निकाले, ‘यज्ञ लाउनु पर्ला’ गाउँमा पुरेतको के अभाव ?! एक से एक हाजिर थिए । उनले दान–दक्षिणाको छेलोखेलो बगाउने सोंच पनि बानाए– लैनो गाई दिने, भूमि दानको सट्टामा बढेमाको टिवी नै दिने, भएभरका पण्डितलाई दान दक्षिणा दिने, पंच कन्यालाई टिको लाईदिने, गुरुआमालाई पहेँलपुर पारी दिने, … सबकुछ गर्ने । गाउँका नामुद जजमान जो उनी थिए, ईज्जतको कुरो भो । त्यसमाथि त्यसै स्वर्ग हात पनि पर्दैन नि !
लगत्तै गाउँ भर हल्ला फिजियो, ‘जजमानले यज्ञ लाउने भए ।’ पर्दा पछाडि दौडधुप चल्यो– प्रोजेक्ट हात पार्ने । हुँदा हुँदा एकाघरका पुरेतमा पनि हानाथाप हुन थाल्यो । दाइ भन्थ्यो, ‘गाउँको पाको पण्डित मै हुँ ।’ भाइ भन्दै हिँड्थ्यो, ‘दाइ सधैं मातेका हुन्छन् । बानी नै राम्रो छैन । जे ल्याउँछन् आफ्नै बुढीलाई मात्रै पोस्छन् । साँझ पर्यो कि घ्याम्पै रित्याउँछन् ।’ अर्कातिर पुस्तौनी पुरेत थिए । जजमानसँग हिमचिम पनि राम्रै । उनको समस्या अलिक ठालु पल्टिन्थे । त्यसैले लोकप्रिय थिएनन् । अर्को पनि उनको दोष थियो, उनी वाचनमा त्यति काविल थिएनन्– लरबरिन्थे । उनको रणनीति भिन्नै थियो । जजमानलाई साउती गर्न पनि चुक्दैनथे, ‘ख्याल गर्नु होला है, तिनीहरू भन्या मठ्या हुन् । तिनीहरूबाट यज्ञजनित कुनै काम हुनु हुन्न नि !’
जजमानले यज्ञ चाहिं लाउने भए । पुरेतहरू मुख मिठ्याउँदै थिए ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































