साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ के चै सक्कली छ र ?

Nepal Telecom ad

शिक्षक नक्कली
हेड मास्टर नक्कली
डाक्टर औषधि नक्कली
पाईलट नक्कली
नक्कली छन् यहाँ
आफ्नै बाउ आमाका नाम पनि ।

नक्कली उद्योगी ब्यापारी
नक्कली खाट दराज र फर्निचर
नक्कली परीक्षार्थी र विद्यार्थी
नक्कली केराको बोट र खेतिपाति
नक्कली प्रेमिका, प्रियसी र प्रेम
नक्कली सिन्दुर र पोते
नक्कली लगन र लगन गाँठो
नक्कली श्रीमान श्रीमतीको सम्बन्ध पनि
नक्कली थाल गिलास र भाँडाकुँडा
नक्कली कागज र पत्रकारीता
नक्कली न्यायालय र न्याय
नक्कली प्रहरी प्रशासन
नक्कली उपभोग्य बस्तु र मुल्य
नक्कली अभियुक्त र अपराधी
नक्कली नेता, शासक र लेखक
नक्कली विषयबस्तु र कथा
नक्कली यो ऐना र चेहरा
नक्कली हात खुट्टा र शरीर
नक्कली घर र लाल पुर्जा
नक्कली तमसुक र भरपाई
नक्कली परदेशीका सुख
नक्कली सम्पति र सौख ।

यहाँ के चै सक्कली छ र ?
भए गरिब सक्कली छन् ।
बेरोजगार सक्कली छन् ।
पति खाडी गएका पत्नीका पीडा सक्कली छन् ।
सक्कली छन् अन्याय र दलन ।
सक्कली छन् टुईनका उपभोक्ता ।
सक्कली छने गाविस र नगरपालिकाका आँखामा नपरेका
सडक, बाटोघाटो र खानेपानी ।
सक्कली छन् नक्कली मास्टरको चपेटामा परेको विद्यार्थी ।
सक्कली छन् विरामी र कुरुवा ।
सक्कली छन् रोग र भोकहरू ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x