साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोइराला र गिरी रसियामा पुरस्कृत

Nepal Telecom ad

असार ७, २०७३ । प्रत्येक दुई वर्षमा दिइने जयपृथ्वी–इभान मिनायभ पुरस्कार साहित्यकारद्वय धनराज गिरी र अश्विनी कोइरालालाई प्रदान गरिएको छ । विश्व नेपाली साहित्य महासंघ, गैरआवासीय नेपाली, रसिया तथा नेपाली दूतावासको आयोजनामा यसपटक गिरी र कोइरालालाई संयुक्त रुपमा प्रदान गरिएको हो । उक्त पुरस्कार प्रदान गर्न विश्व नेपाली साहित्य महासंघले दुबै स्रष्टालाई रसिया भ्रमणको व्यवस्था मिलाएको थियो । पुरस्कारको राशी करिब ६५ हजार रुपैंया तथा सम्मानपत्र रहेको छ ।

रसिया भ्रमण गर्ने पहिलो नेपाली पत्रकार जयपृथ्वी बहादुर सिंह र पहिलो पल्ट नेपाल भ्रमण गर्ने रसियन मानवशास्त्री इभान मिनायभको संम्झनामा उक्त पुरस्कार स्थापना गरिएको हो । पहिलो पत्रकार रुपमा जयपृथ्वीबहादुर सिंहले तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमसेर युरोप भ्रमण गर्दा रसिया पुगेका थिए । यता मस्को विश्वविद्यालयका मानवशास्त्री इभान इनायभ बुद्ध दर्शन खोजी गर्दै नेपाल आएका थिए । इनायभको बुद्ध दर्शन सम्बन्धी पुस्तक रसियामा लोकप्रिय छ । यिनै दुई स्रष्टाको सम्झनामा गैरआवासीय नेपाली रसिया तथा विश्व नेपाली साहित्य संघले उक्त पुरस्कार स्थापना गरेको हो । यो पुरस्कार यसअघि डा. ध्रुवचन्द्र गौतम, डा. गोविन्दराज भट्टराई, कृष्ण धरावासी, अमर न्यौपाने तथा रसियामा बसोवास गर्ने साहित्यकार कृष्णप्रकाश श्रेष्ठलाई प्रदान गरिएको थियो ।

रसियास्थित नेपाली दूतावासमा भएको उक्त पुरस्कार समारोहमा गैरआवासीय नेपाली संघको संरक्षक जीवा लामिछाने, विश्व नपाली साहित्य महासंघका अध्यक्ष गोविन्द गौतम तथा विगत ५ दशकदेखि रसियामै बसेर नेपाली साहित्य सेवा गरिरहेका कृष्णप्रकाश श्रेष्ठले पुरस्कृत स्रष्टामाथि बोलेका थिए । कार्यक्रममा रुसमा बसोबास गर्ने नेपालीहरूको उल्लेख्य उपस्थिति थियो ।

दश स्रष्टाका कविता रुसी भाषामा अनुवाद हुने

समकालीन नेपाली साहित्यका १० चर्चित कविका सिर्जना रुसी भाषामा अनुदित हुने भएको छ । विश्व नेपाली साहित्य महासंघ तथा मस्को लेखक संघको संयुक्त आयोजनामा भएको एक कार्यक्रमले नेपाली कविका चर्चित कविता रसियन भाषामा तथा १० रसियन कविका सिर्जनालाई नेपाली भाषामा अनुवाद गर्ने टुंगो लागेको हो । सन् २०१६ भित्रै दुई देशका चर्चित लेखकलाई एक ठाउँमा ल्याएर पुस्तक प्रकाशन गर्ने समझदारी भएको हो । पुस्तक प्रकाशनको जिम्मा भने मस्को लेखक संघले लिएको हो ।

नेपाली सिर्जनाको संकलन गर्ने जिम्मा विश्व नेपाली साहित्य महासंघले पाएको छ भने रुसी कविताको संकलन गर्ने जिम्मा मस्को लेखक संघले लिएको छ । रसियन सिर्जनालाई नेपालीमा र नेपाली सिर्जना रसियन भाषामा अनुवाद गरिने छ । यसको संयोजक ५ दशकदेखि रसियामा बसोवास बरेर दुबै तर्फका साहित्य अनुवाद गर्दै आएका कृष्णप्रकाश श्रेष्ठले गर्नेछन् ।

नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाका तथा रुसी महाकवि पुस्किनका कविता यसैगरी अनुदित भएका थिए । लामो समयसम्म दुबै देशका स्रष्टाहरू एउटै कृतिमा समेट्न नसकिएकाले यो काम गर्नु परेको मस्को लेखक संघका अध्यक्ष भ्लादिमिर वायोनिरोभले बताएका छन् । ‘हामी देखिनेगरी नेपाली साहित्य र रसियन साहित्यलाई जोड्न चाहन्छौँ ।’ नेपालबाट रसिया पुगेका दुई स्रष्टा धनराज गिरी र अश्विनी कोइरालाको सम्मानमा आयोजित कार्यक्रममा मस्को लेखक संघका अध्यक्ष वायोनिरोभले भने, ‘यो पुस्तक नेपाल र रसियाका प्रमुख स्थानमा उपलब्ध हुने नै छ । अन्य कूटनीतिक नियोगहरूमा पनि उपलब्ध हुनेछ । यसमा राजनीति जोडिने छैन केवल दुई देशका साहित्यकारहरू जोडिने छन् ।

रसियामा रसिक स्वभावका कवि मानिने वायोनिरोभ मस्को लेखक संघका अध्यक्षका रुपमा चुनिए यता नयाँ काम गर्न इच्छुक छन् । गएको वर्ष मात्र मस्को भरिका लेखकले उनलाई मस्को लेखक संघको अध्यक्षमा निर्वाचित गरेका थिए । त्यस यता उनी रसियन साहित्यकारलाई जोड्न मात्रै होइन, विश्वका अन्य भाषाका लेखक–कविलाई जोडेर नयाँ काम गर्न लागिपरेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x