साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुभक्त

Nepal Telecom ad

नानी, तिमीले चिनेनौ ?
म उही बूढो भानुभक्त
चुदी रम्घाको आदिम मान्छे !
बिर्के टोपी ,लबेदा सुरुवाल र पटुका
मैले लगाएको टोपी भाद्गाउले होइन
ढाका पनि होइन
तानमा बुनेका लबेदा सुरुवाल /
म जन्मदा नेपाल थियो
तर नेपाली थिएन
म बाहुन
मैले सिकेको पढेको भाषा सस्कृत
तर म कैल्यै बाहुन भइन
मैले लेखेको बोलेको भाषा कैल्यै संस्कृत भएन /
मैले कसैलाई अतिक्रमण गरिन
कसैलाई कज्याइन
बरु, म हिडेको गोरेटो पच्छ्याएर
मैलाई सादर खोजेर
तिमी र तिमीहरु हिड्यौ
कुनै बेला नदी छेउमा उभिएको तिमी
मेरै लबेदाको फेर समातेर जघार तरेका त् हौ नि !
मैले नै त हो सिकाएको तिमीलाई
नेपाली वर्णमाला
मै त हु नि तिम्रो पहिलो पाठशाला !
मैले नै राखिदिएको हु तिम्रो नाम
नानी ! मैले नै जुराइदिएको नाम राखेर
तिमी, तिमी भएका छौ /
किन नाचिने जस्तो गर्छौ ?
मेरै पाठशालाबाट त सिकेका हौ तिमीले
बोल्ने सभ्यता !
बाच्ने संस्कार !
मेरै पाठशालाबाट त ठम्याएका हौ तिमीले
हिड्ने गोरेटो
र पुग्ने गन्तब्य !
मैले पढाउदा तिमीलाई
अपुर्णताबाट पूर्णतातिर
असहजताबाट सहजतातिर
अदृश्यबाट दृष्यतिर
अध्यारोबाट उज्यालोतिर
मृत्युबाट जीवनतिर हिड्न भनेको थिंए /
अहिले म ,
झलझली देखिरहेछु –
मैलाई केन्द्रमा राखेर लोरी गाउथ्यौ तिमी
मैले पढाएका “सिलोक” गुनगुनाएर
दुख बिसाउथ्यौ तिमी
मैलाई कथा हाल्थ्यौ
मेरै किम्बदन्ती सुनाउथ्यौ !
मैले नै सिकाएको भाषामा
“आमा” भनेका हैनौ तिमीले ?
मै त हुँ नि !
तिमी र तिमीहरु बीचको सेतु
थाहा छ –
तिमी उचाइमा पुगेको पनि
मेरै आटमा चढेर न हो !
मैले मेरै बिर्के टोपी लाएर हिडेको हुँ
तिमीलाई लाउनु त भनिन थें नि !
यतिबेला किन दुख्छौ
तिमीले आँगनमा सुकाएको बिस्कुन छर्दै पनि हिडिन म
तिमीले बारीमा रोपेका मकैका टुसा कुल्चदै पनि हिडिन म
म त जंगलबीच
अक्करको अप्ठेरो बाटो हिडें
बेरोकटोक निस्काम हिडें
नानी !
म जहाँ पुगें त्यो नेपाल भएको छ -अहिले !
मेरो सालिक बनाउ वा नबनाउ
मेरो सालिक राख वा भत्काउ
बनाउनु तिम्रो खुसी !
भत्काउनु तिम्रो खुसी !
न म सालिकमा बाच्छु
न म सालिकमा मर्छु !
म त मैले चाहेर पनि मर्दिन,मर्न पाउदिन !!
तिमीले चिनेनौ ?!
मेरै शब्द सापटी मागेर
अचेल रातदिन
भोक-तिर्खा नभनी
काम-निद्रा नभनी
शब्द-भण्डार खाली हुने गरी
धारे हात पारेर
तिमी कुर्लिरहने मानिस-
म,
अर्थात् भानुभक्त !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x