साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्ने भो अब रौरव !

Nepal Telecom ad

अभद्र जनका सन्धी, भद्र हुन्न कसै गरी ।
भद्रमा श्रेय -कल्याण, शिव हास्छन् सधैं भरी ।।
शुभ -मङ्गल भद्रै हो,भव्य -कुशल -भावुक ।
शस्त -भव्य तथा क्षेत्र, \’भद्र\’ कै हुन्छ चावुक ।।१।।

सत्ता सङ्कीर्ण बन्दैछ, भागबन्डा चलाऊदै ।
अभद्र अगुवा मिल्छन्, \’भद्रता\’ नै जलाउदै ।।
सम्विधान मिची गोप्य, कुसन्धी गर्दछन् यिनै ।
भागबन्डा मिलाएर, जनता चुस्दछन् सधैं ।।२।।

अभद्रै मन मस्तिष्क, काम बोली त टुट्दछन् ।
जुट्छन् यी लुट्न पाएमा, नपाए पछि फुट्दछन् ।।
भद्र भावुक नै हैनन्, भद्र -सन्धी कता हुने ।
मन्त्री प्रधानमन्त्रीका लर्को आकाश नै छुने ।।३।।

मन्त्री प्रधानमन्त्रीका, उत्पादन छ बेसरी ।
सबै उद्योग ढल्दै छन्, बढ्दै छन् मन्त्री हे हरि !
मन्त्री उद्योग खोलेर, रमाए राष्ट – कौरव ।
धनी सुन्दर यो देश, बन्ने भो अब रौरव ।।४।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x