सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बन्ने भो अब रौरव !

Nepal Telecom ad

अभद्र जनका सन्धी, भद्र हुन्न कसै गरी ।
भद्रमा श्रेय -कल्याण, शिव हास्छन् सधैं भरी ।।
शुभ -मङ्गल भद्रै हो,भव्य -कुशल -भावुक ।
शस्त -भव्य तथा क्षेत्र, \’भद्र\’ कै हुन्छ चावुक ।।१।।

सत्ता सङ्कीर्ण बन्दैछ, भागबन्डा चलाऊदै ।
अभद्र अगुवा मिल्छन्, \’भद्रता\’ नै जलाउदै ।।
सम्विधान मिची गोप्य, कुसन्धी गर्दछन् यिनै ।
भागबन्डा मिलाएर, जनता चुस्दछन् सधैं ।।२।।

अभद्रै मन मस्तिष्क, काम बोली त टुट्दछन् ।
जुट्छन् यी लुट्न पाएमा, नपाए पछि फुट्दछन् ।।
भद्र भावुक नै हैनन्, भद्र -सन्धी कता हुने ।
मन्त्री प्रधानमन्त्रीका लर्को आकाश नै छुने ।।३।।

मन्त्री प्रधानमन्त्रीका, उत्पादन छ बेसरी ।
सबै उद्योग ढल्दै छन्, बढ्दै छन् मन्त्री हे हरि !
मन्त्री उद्योग खोलेर, रमाए राष्ट – कौरव ।
धनी सुन्दर यो देश, बन्ने भो अब रौरव ।।४।।

धादिङबेँसी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’