साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसा तिर्नूस्, गाली खानूस्

Nepal Telecom ad

घरमा खानेपानीको धारा जोडेको चार-पाँच वर्ष भयो । चार-पाँच वर्षमा त्यो धाराले जम्मा चार-पाँच थोपा पानी खसाल्यो होला । मेलम्चीको पानी आउँछ भन्ने हल्ला सुनेकाले त्यो मेरा घरसम्म कसरी आउँदो रहेछ, हेरौँला भन्ठानेर न्यूनतम् महसुल बुझाएर धारो जोगाइराखेको छु । खाँदै नखाएको खानेपानी अड्डाको रनि तिर्न गएँ । सम्बन्धित फाँटकी दिदीले बिल बनाउनुअघि प्रश्न गरनि्, “मिटर अंक कति छ?” मैले भनेँ, “जतिको त्यति छ । हल्लिएको पनि छैन ।” दिदी झर्किइन्, “त्यसो भनेर हुन्छ ! अंक त टिपाउनुपर्‍यो नि ! मिटर अंक लिएर आउनूस् अनि बन्छ बिल।”

म पनि कड्किएँ, “तपाईंका अफिसमा मिटर रिडर छैनन् ?” दिदी रिसाइन्, “आफ्नो घरमा भएको मिटरको अंक हेरेर आउँदा तपाईंको के जान्छ ? हाम्रा अरू काम छैनन्? घरघरमा जान फुर्सद हुन्छ हाम्लाई ?” कुरा बुझेपछि म नम्र भएँ, “टाढादेखि आएँ। पानी नआए पनि तपाईंहरूको सेवामा नगद टक्र्याउन आएको छु। कृपा गरी पैसा बुझिदिनूस् न !” म नरम भए पनि दिदी गरम् नै रहिन्, “तपाईंका डेढ सय रुपियाँले हामी पालिएका हौँ र ? तपाईंले महसुल नबुझाए पनि हामी तलब बुझ्छौँ । धेरै कचकच नगर्नूस् । जानूस्।” दिदी नियममा साह्रै कट्टर र इमानदार रहिछन् । उपायहीन भएर म घर फर्कें ।
सरकारी अड्डा/अदालतमा जाँदा यस्ता वादविवाद भइरहन्छन् । कर्मचारीहरू आफ्ना सेवाग्राहीलाई गाली गर्ने र थर्काउने पात्र सम्झन्छन् । हामी त्यस्ता गालीगलौज र हप्कीदप्कीलाई सहजै पचाइदिन्छौँ । नपचाउनेहरू फन्दामा पर्छौं ।
सरकारी अड्डाका के कुरा, हामी आफ्नो खल्तीको रकम खर्च गरेर व्यापारी/व्यवसायीहरूको सेवा गर्न जाँदा तिनीहरूबाट पनि गाली खान्छँ। सार्वजनिक यातायातको क्षेत्रमा प्राप्त हुने गालीगलौज विशेष उल्लेखनीय पाइन्छ। बाटो काट्न अलमलिएका वा झुक्किएर गुडिरहेको सवारी साधन छेउछाउ पुगेका बटुवालाई चालकले थला पर्ने गरी झपार्छ, \’मर्न मन लागेको हो? आँखा छैन ?\’ कुनै दृष्टिविहीन बटुवा परेछ र आफूले आँखा नदेख्ने कुरा बताएर माफी मागेछ भने उसले थप गाली खान्छ, \’आँखा नदेख्नेले घरमै थच्चिनु नि, गाडीका अगाडि किन अन्मरनिु?\’
केही दिनअघि मैतीदेवीबाट सिनामंगलसम्म जान अन्नपूर्ण नाम गरेको टेम्पुमा चढ्न खोजेँ । टेम्पु भरएिको देखिन्थ्यो । अगाडिबाट गुरुजी कराए, “अलि सरेर बस न ! के भैँसी बसेजस्तो ढसमस्स बसेको। ६/६ जनाको सिट भन्ने था छैन ?”
गुरुवाणीले मर्माहत भए यात्रुहरू । एउटा चेपमा म घुस्रेँ । मैतीदेवी पुलमा एउटी युवतीले हात उठाइन् । पछाडि सिट नदेखेर अगाडि गइन् । गुरुजीबाट आज्ञा भयो, “पछाडि सिट देखेन कि अगाडि काखमा बसेर जाने हो ?”
गुरुजीको जंगली ठट्टा सुनेर केही यात्रु हाँसे, केही छक्क परे । युवतीले काखमा बसेर जान गरएिको आग्रह सुनिनन् वा नसुनेझैँ गर्नुमा कल्याण ठानिन्, चुपचाप पछिल्तिर चेपिइन्। पुलपार पुगेपछि एउटी महिलाले टेम्पुमा हिर्काइन् । टेम्पु दौडिरह्यो । उनले अझ जोडले ठोक्दै भनिन्, “रोक न !” गुरुजी जङ्गिए, “भन्नेबित्तिकै रोकिन्छ ? साइड लगाउनु पर्दैन ।” त्यसपछि तोडले दौडिएको टेम्पु पुरानो बानेश्वरको जाममा बल्ल अडियो । खचाखच भरएिर टेम्पु हिँड्नै लाग्दा एउटी महिलाले सोधिन्, “कहाँ जान्छ?” गुरुजीले फुत्तै भने, “ससुराली ।”
\’ग्राहक हाम्रा देवता हुन्\’ भन्ने निजी व्यापारकि/व्यावसायिक क्षेत्रमा यस्ता दुव्र्यवहार हुँदा पनि ती व्यवसायहरू मज्जाले चलिरहेका छन् । सेवाग्राहीहरू पैसा तिरेर गालीगलौज पचाइरहेका छन् । सरकारी अड्डाहरूमा पाइने गालीगलौज आशीर्वाद त होइनन् ?

सिनामंगल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x