साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेसकालमा सम्मानपूर्वक बाँच्न पाइयोस्

Nepal Telecom ad

काठमाडौं : रामेछाप, गुन्सीभदौरेकी लीलामाया बस्नेतले आधा दर्जन पटक भोट हालिसकेकी छन् ।{{read_more}} तर, आफूले भोट दिएर जिताएका नेताले जीवनस्तर उकास्न कुनै काम नगरेको उनको गुनासो छ ।

श्रीमान् बिरामी परेपछि नौ वर्षपहिला काठमाडौं छिरेकी ६४ वर्षीया बस्नेतलाई अहिले एउटै पछुतो छ, गाउँ जाने बाटो नबनेकोमा । मोटरबाटो नभएकै कारण उनले नौ पटक अप्रेसन गरिसकेका श्रीमानलाई गाउँ लैजान सकेकी छैनन् ।

देश चुनावमय भइरहेका बेला उनी फेरि केही आशावादी देखिएकी छन् । चुनाव जितेर जानेहरूले जनताका लागि केही गरिदिउन् भन्ने लाग्छ उनलाई । भन्छिन्, ‘आफ्ना सन्तानले सुख पाउन् । हामीले दुःख काटे पनि हाम्रा बच्चालाई राम्रो भइदिए हुन्थ्यो । अर्काको देशमा बिजोग हुनुभन्दा नेपालमा गरिखाने वातावरण मिलोस् ।’

त्यही आशाकै कारण उनी यसपटक पनि बिरामी श्रीमान्लाई राजधानीमै छाडेर गाउँ जान तम्सिएकी छन्, भोट खसाल्न । ‘गाउँमा दुःखमा सहयोग गर्नेलाई भोट लगाउँछु । हामीलाई वृद्धभत्ता चाहिएको छ । बुढेसकालमा सहारा दिने मान्छे चाहिएको छ । स्वास्थ्योपचारमा सहयोग गर्नेलाई रोज्छु,’ बस्नेतले भनिन् ।

ललितपुर, गिम्दीकी ७२ वर्षीया सोमकुमारी (सानुमैया) दुलाललाई पहिलोपटक कति वर्षको हुँदा भोट हालेको भन्ने पत्तो छैन । तर, उनलाई यति सम्झना छ, पहिलो भोट प्रधानपञ्चलाई दिएकी थिइन् । ‘त्यो बेला नियम(कानुन कडा थियो, प्रधानपञ्चले भनेपछि मान्नुपथ्र्यो’, उनले भनिन्, ‘तर गाउँको विकास केही भएन, हामीजस्ता जनतालाई त बीसको उन्नाइस भएन ।’

‘गाउँमा दुःखमा सहयोग गर्नेलाई भोट हाल्छु । हामीलाई वृद्धभत्ता चाहिएको छ । बुढेसकालमा सहारा दिने मान्छे चाहिएको छ ।’
–६४ वर्षीया लीलामाया बस्नेत

ढोलाहिटी बस्दै आएकी उनी विकास गर्छौं, देश सपार्छौं भन्दै भोट माग्न घर(घर आइपुगेका नेताहरूलाई देख्दा विगत सम्झिन्छिन् । ‘ऊ बेलादेखि नै भोट माग्न आउँदा देश सपार्छौं भन्थे नेताहरू । नपाउन्जेल कस्तो पाएपछि सस्तो हुने रहेछ’, उनको गुनासो छ, ‘भोट त हालियो तर गाउँमा कुनै परिवर्तन भएन ।’ अब बूढाबूढीलाई हेर्ने, सहारा दिने नेतालाई भोट दिने उनी बताउँछिन् । ‘बुढेसकालमा शान्तिको सास फेर्न पाइयोस्, सम्मानपूर्वक बाँच्न पाइयोस्’, उनी भन्छिन् ।

ललितपुर, सुनाकोठीकी ७८ वर्षीया नाति महर्जन आफूलाई राजधानीको अभागी बासिन्दा भन्न रुचाउँछिन् । उनी बस्दै आएको ठाउँमा अहिलेसम्म खानेपानी, ढल, बाटो केही बनेको छैन । ‘नाम मात्रको राजधानी’, उनी भन्छिन् । सानै उमेरमा विवाह गरेकी महर्जनले विवाहपछि भोट हालेर थुप्रै नेतालाई जिताइन् । ‘तर, कसैले आफ्नो ठाउँका लागि केही गरिदिएनन्’, उनको गुनासो छ । जति नै चुनाव भए पनि कुनै परिवर्तन नआएको उनी बताउँछिन् ।

सबै साथी एकैचोटि लाम लागेर पहिलोपटक छाप लगाएको याद छ उनलाई । ‘भोट कसरी हाल्ने थाहै थिएन । पार्टी–पार्टीका मान्छे झगडा गर्थे तर भोट तान्न पैसा खुवाउँदैनथे’, उनी भन्छिन्, ‘आजकल त धेरै आश्वासन दिन्छन् । प्रलोभनमा पार्छन् ।’ उनको चाहना पनि अन्य आमाहरूको जस्तै छ । बूढाबूढीको सहारा बन्नेलाई भोट दिन्छु । हामीलाई औषधोपचारको व्यवस्था गरिदिउन्, खाने, बस्ने व्यवस्था गरिदिउन् । हाम्रो भोट खेर नजाओस् ।’

काठमाडौं, टौदहमा वर्षौंदेखि माछाको आहारा बेचेर गुजारा गर्दै आएकी ६६ वर्षीया मिश्री कार्की वृद्धभत्ताको व्यवस्था गरिदिने पार्टीलाई भोट दिने बताउँछिन् । राजनीति गर्नेहरूले वृद्धवृद्धाको समस्या बुझिदिनुपर्ने उनको भनाइ छ । जम्माजम्मी तीनपटक भोट हालेकी उनलाई पहिलोपटक भोट हाल्दा लामो लाममा बस्नुपरेको सम्झना छ । ‘गरिब, निमुखा र वृद्धवृद्धाका लागि काम गर्ने नेता चाहियो । नत्र भोट खेर गइहाल्छ नि !’ उनी भन्छिन्, ‘हामीलाई आश्वासन होइन, सहारा चाहिएको छ ।’

–नितु घले शनिवार, मंसिर २ 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x