साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ३७९ औँ शृङ्खला 

Nepal Telecom ad

साहित्य सन्ध्याको नियमित मासिक ३७९ औँ शृङ्खला पुस १ गते “स्वच्छन्दतावाद, अराजकतावाद र प्रगतिवाद”का बारेमा परिचर्चा तथा विशेष कविगोष्ठी गरी सम्पन्न भयो । height={{read_more}} सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्राज्ञ डा.अमर गिरी प्रमुख अतिथि हुनुहुन्थ्यो । 

उक्त विशेष गोष्ठीमा प्राज्ञ डा.अमर गिरीले ‘स्वच्छन्दतावाद, अराजकतावाद र प्रगतिवाद’का बारेमा चर्चा गर्नुहुँदै मानिस स्वयम्ले मानिसलाई शासन गर्नुपर्दछ, कुनै पनि वाद वा विचारको शासन आवश्यक छैन भन्ने मान्यता प्रमुख बन्दै आएको देखिएको र साहित्यकारहरूमा पनि अराजकतावाद देखिएको बताउनु भयो । 

गोष्ठीमा अब कस्ता कविता लेखिनुपर्छ भन्ने विषयमा डा.देवी नेपालले सङ्छेपमा चर्चा गर्नुहुँदै युगानुकूल सिर्जना अबको आवश्यकता हो, रुढिवाद र अन्ध्विश्वासका विरुद्धमा, अतिरञ्जनाका विरुद्धमा र आवेगभन्दा पनि खबरदारीका पक्षमा सचेत गन्तव्यका कविता लेखिनुपर्दछ भन्नु भयो ।   

गोष्ठीमा मुकुन्द न्यौपाने, रामबहादुर पहाडी, डम्बर पहाडी, सानु पहाडी, ओमप्रसाद कोइराला, प्रेमराज सिलवाल, डा.खेम दाहाल, मञ्जुश्री प्रधान के.सी., उमेश उपाध्याय, गोपाल नेपाल, जयन्ती स्पन्दन, आनन्दराम पौडेल, चूडा निर्भिक, डा.देवी नेपाल, गोपाल मैनाली, प्रमोद स्नेही, बैरागी जेठा, पुण्य गौतम ‘विश्वास’, रचना दाहाल, लीलाराज दाहाल, ब्रह्मप्रिय प्रेमस्वरूप, भावना न्यौपाने, निष्णु थिङ, डा.प्रदीप मैनाली, भिजन गुरागाईँ र रमेश ढुङ्गानाले आआफ्ना अत्यन्त समसामयिक कविता, गीत, गजल वाचन गर्नुभएको थियो । 

वाचित सिर्जनामाथि प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले चर्चा गर्नुहुँदै गोष्ठीमा वाचित कविता केही उत्कृष्ट, केही राम्रा र केही सिकारु रहेका छन् तापनि सन्दर्भपरक चाहिँ रहेको बताउनु भयो । लोकको अहित नगर्ने अध्यात्म चिन्तनलाई नराम्रो मान्नुहुन्न, सिर्जना बहुजनहिताय हुनुपर्दछ भन्दै उपाध्यायले स्रष्टाले आफ्ना सिर्जनामा निराशा होइन आशाको सम्प्रेषण गर्नुपर्दछ, चाकडी होइन संस्कृति निर्माणका पक्षमा कविता लेखिनुपर्दछ भन्नु भयो । 

गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्यामा हरेक महिना एउटा न एउटा विषयमा गम्भीर बहस गर्ने र कविगोष्ठी गर्ने प्रचलन रहेको बताउँदै हाम्रो समाजमा मौलाइरहेको स्वच्छन्दतावादका नामको अराजकतावाद र त्यसैसँग जुधिरहेको प्रगतिवादका बारेमा बहस गर्नुपर्दछ भन्ने ठानेर प्राज्ञ डा.अमर गिरीलाई अनुरोध गरेका हौँ  भन्नुभयो । 

–रमेश पोखरेल
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x