नरनाथ लुइँटेलविश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिता
विश्वभरिबाट १०२ वटा छन्दकविताहरूको सहभागिता रहेको भिडियो प्रतियोगितामा मोरङकी मेनुका चापागाईको ‘नेपाल यही स्वर्ग मेरो’ शीर्षकको कविता प्रथम भएको छ ।{{read_more}} त्यसैगरी जापानकी सविना रेग्मीको ‘फर्कन्छु आफ्नै घर’ कविताले द्वितीय स्थान प्राप्त गरेको छ भने तनहुँका गोविन्द गोपाल खतिवडाको ‘नेपाल नफर्कने साथीसित’ कविता तृतीय भएको छ । प्रतियोगितामा मोरङका रोहित पराई ‘युवालाई आह्वान’ र उदयपुरका भवानी खतिवडा को ‘नेपाल राष्ट्रवन्दना’ कविता सान्त्वना सम्मान प्राप्त गरेका छन् ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, अमेरिका, बेलायत, जापान, यूएई, बर्मा, इजरायल, क्यानाडा, दक्षिण कोरिया गरी ११ वटा देशमा रहेका नेपाली छन्दकविहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा १३ वटा छन्दहरूको सहभागिता रहेको प्रतियोगितामा हजुरबादेखि नातिसम्मका तीन पुस्ताको सहभागिता रहेको डा. देवी नेपालले बताउनु भयो । उहाँले सहभागी अग्रज पुस्ताका कविहरू शेषराज आचार्य, रोहिणी विलास लुइटेल, होम सुवेदी, हरि न्यौपाने, विष्णुकुमार भट्टराई, हरि वस्ती, दामोदर नलाङी, शालिग्राम अर्याल, विरही अधिकारी, डिल्ली नेपालजस्ता अग्रज पुस्ताका कविहरूको सहभागिताले नयाँपुस्ताका सर्जकहरूमा हौसला बढाएको बताउनु भयो ।
प्रस्तुत भिडियो प्रतियोगिताको परिणाम घोषणा गर्दै निर्णायक समितिका तर्फबाट डा. देवी नेपालले नेपाली छन्दकविताको इतिहासमा एउटा ऐतिहासिकजिम्मेवारी पूरा गरेको बताउँदै नेपाली कविताको इतिहासमा एउटा आधिकारिक, मानक र समावेशी छन्दकविता सङ्ग्रह बनाउने हाम्रो लक्ष्य रहेको बताउनु भयो ।
Subscribe
Login
0 Comments
Oldest







































