साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पृथ्वीनारायण शाह

Nepal Telecom ad

जोडेर धेरै मनहरू height=
फोडेर धेरै किल्लाहरू
यो देश बनाउने {{read_more}}
अपराधी मै हुँ
गुमनाम तिमीलाई
नाम दिएर
स्वाभिमान तुल्याउने
अपराधी पनि मै हुँ
जजस्ले आँखा लगाए
यो माटोमाथि
गर्दन रेटेर तिनीहरूको
खडाँ पखाल्ने पनि मै हुँ
हो, यो देश बनाएर
अपरा गरेको भन्छौं भने
त्यो अपराधी पनि मै हुँ
हो, यो देश बनाउने
अपराधी मै हुँ ।

तिमीले उठाएको
त्यो रातो झण्डा
फहराउने
अपराधी मै हुँ
तिम्रो धमिनीमा
हरदम बहने
चेतनाको ज्वाला
मै हुँ 
बारबार झकाएर
आफ्नो शिर
तिम्रो शिर उठाउने
अपराधी पनि मै हुँ 
यो गम्बा बनाउने मै हुँ
यो गीर्जा ठडाउने मै हुँ
मस्जिद, मन्दिर पुज्ने मै हुँ

चर्केर चीराचीरा भएको
पिडालाई पखालेर
संग्लो देश बनाउने
अपराधी पनि मै हुँ
हो, जजस्ले घात गरे
यो माटो माथि
त्यो फिरंगीलाई लखेट्ने
अपराधी पनि मै हुँ
थाकेर लखतरान
हर साँझ
तिम्रो नानीसँग
कोक्रोमा निदाउने
त्यो निषाद पनि
मै हुँ
हर बिहान
झुल्केर घामसँग
तिम्रो अनुहारमा पोखिने
उज्यालो पनि मै हुँ ।

आउ, मलाई कोपर
चिथोर
पारेर नाङ्गेझार
सडकमा घिसार
म कदापी आहत हुन्न
यो माटो मेरो हो
यो कहिल्यै पराइलाई दिन्न
छिनालेर मेरो शालिक
तोड, फोड
एकता यो टुट्न दिन्न
बग्छ भने बगोस्
रगतको नदी
म यो देश मर्न दिन्न
म यो देश मर्न दिन्न ।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

फित्काैली डटकम
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x